समाचार

महानगरपालिकाले भत्कायो ४५ टहरा

काठमाडौँ,२७ बैशाख । काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य शुरु गरेको छ । नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न...

भारतले अवरोध गरेपछि एक सातादेखि तयारी चियाको निर्यात रोकियो

झापा, २७ बैशाख । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना,...

खोलामा तैरिँदै बालकको शव

महोत्तरी, २७ बैशाख । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने किरित दासका छोरा अन्दाजी ९ वर्षीय रोशन दासको शव आज बिहान रातु खोलामा तैरिरहेको...

२३ जनालाई ह्विल चेयर वितरण

झापा, २७ बैशाख । झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ । दमक अपांग सहयोग समितिको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाजले ती ह्विलचियर निःशुल्क उपलब्ध गराएको हो । दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक...

मुस्ताङमा बेमौसी हिमपात, कष्टकर बन्दै जनजीवन

मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ...

सडक निर्माण गर्दा काठमाडौँमा पानीको हाहाकार

काठमाडौँ, २७ बैशाख ।  काठमाडौँ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ । करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन...

काँग्रेसको नीति र खुला अर्थनीतिमा अन्य पार्टी : डा. महत

मकवानपुर २६ बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सह–महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको नीति र खुला अर्थनीतिमा नेपालका अन्य पार्टीहरु चलिरहेको बताएका छन् । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको संसदीय अभ्यास सम्बन्धी एकदिने अन्र्तक्रिया कार्यक्रमको बुधबार उद्घाटन् गर्दै प्रमूख अतिथि डा. महतले संख्याको हिसावमा...

दोषीलाई पक्राउ गर्न माग गर्दै प्रहरी वृत्त थिमि घेराउ

भक्तपुर २६ बैसाख  । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ । ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक आक्रमण भएका थिए । स्थानीय बासिन्दाको आह्वानमा भएको...

पाँच किलो चरेशसहित चन्दन पटेल पक्राउ

पर्सा २६ बैसाख। प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । बिआर २२ सी ०४३२ नं।को भारतीय मोटरसाइकलमा भारततर्फ जाँदै गरेका पटेललाई गएराति जाँच गर्दा १०...

पुनःनिर्माण प्राधिकरण र काठमाडौं महानगरबीच भयो यस्तो सहमति

काठमाडौँ २६ बैसाख। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाबीच धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा आज सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार भएका निकायको संयुक्त बैठकले धरहराको पुनःनिर्माणमा सुन्दरतालाई असर पार्नसक्ने भन्दै यस्तो निर्णय...