राजश्व छली ल्याएको कपडा सहित एक जना पक्राउ
मकवानपुर, ११ जेठ । राजश्व छली गरी ल्याएको कपडा सहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय कामेश्वर साहलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१९ स्थित सडक खण्डमा हेटौडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ५०६९ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा साहलाई पक्राउ गरिएको हो । उनको साथबाट करिब ३६ हजार मूल्य बराबरको बिभिन्न किसिमका अबैध कुर्ता सुरुवाल ७२ थान फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कारबाहिको लागि भन्सार कार्यालय बिरगन्ज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
