३० रुपैयाँ घटाएर उखु कषकलाई भुक्तानी

तु खबर संवाददाता
२०७५ जेष्ठ ११, शुक्रबार १५:१३

विराटनगर, ११ जेठ । किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिनुभयो ।

“लगभग ५० प्रतिशत किसानले उखुको भुक्तानी प्राप्त गरिसकेका छन्,” उहाँले भन्नुभयो । आउने असारसम्ममा सबै किसानले उखुको भुक्तानी लिइसक्ने र बक्यौता रकम पछि भुक्तानी गर्ने मिलसँग सल्लाह भएको पाण्डेले बताउनुभयो ।

सुनसरी–मोरङका गरी करीब पाँच हजार किसानले ६ हजार ५०० बिगाहा जग्गामा उखु लगाउने गरेका छन् । इस्टर्न सुगर मिलको वार्षिक ३० लाख क्विन्टल उखु पेल्ने क्षमता छ । मिललाई यसवर्ष ११ लाख ७८ हजार क्विन्टल मात्र उखु उपलब्ध भएको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिनुभयो ।

मिलले प्राप्त गरेको उखुको मूल्य रु ५९ करोडभन्दा बढी भुक्तानी गर्नुपर्नेमा किसानले करिब रु २९ करोड भुक्तानी भएको बताइएको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*