यस्तो भयो २७ सेमुहतियार तथा सेमुपति तालिम

तु खबर संवाददाता
२०७५ जेष्ठ १२, शनिबार ०८:१२

काठमाडौं, १२ जेठ । पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जिवी अधिकारीले सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. २७ सेमुहतियार तथा सेमुपति तालिमको शुक्रबार समापन गरेका छन् । सो महाविद्यालयमा आयोजित तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन राईमाझी लगायत उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले त्यसअवसरमा व्यावसायिक जीवनमा तालिमको महत्वमाथि प्रकाश पार्दै यस्ता खालका व्यावसायिक तालिमले कार्यक्षेत्रमा दायित्व निर्वाहमा सहजता आउनुका साथै प्रशिक्षार्थीहरुको वृत्तिविकासमा समेत सघाउ पु¥याउने उल्लेख गरे ।

तालिमको दौरानमा आर्जन गरेको ज्ञान, कला र कौशललाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा बढि भन्दा बढि उपयोग गर्नुपर्ने बताउँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा खटिदा सधैं नागरिकको सेवा, सुरक्षा तथा आपत विपदमा परेकाको उद्वार कार्यलाई प्राथमिकतामा राखेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले यस्ता पेशागत तालिमले राष्ट्रसेवक कर्मचारीहरुको व्यावसायिक क्षमतामा अभिबृढि हुने चर्चा गर्दै कार्यक्षेत्रमा खटिएपछि सधैं उच्च मनोवल, उत्साह तथा सकारात्मक सोचकासाथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा आउन सक्ने चुनौती र निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रष्ट रही प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न सक्ने क्षमता अभिबृद्धिका लागि समेत पेशागत तालिम अपरिहार्य रहेको चर्चा गरे । कार्यक्रममा सो तालिम महाविद्यालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बंशीराज दाहालले धन्यवाद ज्ञापनको क्रममा प्रशिक्षार्थीहरुलाई सिमित श्रोत साधनका बाबजुद बढि भन्दा बढि ज्ञान दिइएको उल्लेख गरे ।

तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामेश्वर श्रेष्ठले सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । १६ हप्ता अवधिको उक्त तालिममा ५० जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*