मनहरीमा भेटियो बेवारिसे १ लाख १८ हजारको कपडा
मकवानपुर, १२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी बजार स्थित सडक किनारामा चोरी पैठारी गरि ल्याएको कपडाहरु बेवारिसे अबस्थामा फेला परेको छ ।
सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु. १ लाख १८ हजार ५ सय बराबरको साडी २१ थन र कुर्तासलवा १११ थान बरामद गरेको हो । बरामद भएका कपडाहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बिरगन्ज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
