३ नम्बर प्रदेश पत्रकार महासंघ समितिलाई हेटौँडामा स्वागत
हेटौँडा, १५ जेठ । नेपाल पत्रकार महासंघ ३ नं प्रदेश समितिका अध्यक्ष प्रताप विष्टसहित नव निर्वाचित पदाधिकारीलाई हेटौँडामा बधाई तथा शुभकामना दिइएको छ । मकवानवानपुर उद्योग वाणिज्य संघले मंगलबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा विष्टसहित सदस्य नानी मैया विष्टलाई टिका खादा लगायर स्वागत तथा नया“ कार्यकालको शुभ कामना दिइएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीय व्यवसाय फष्टाएको हेर्न चाहेको विचार व्यक्त गर्दै उद्योगी व्यवसायी र संचारकर्मीहरुको सम्वन्ध अझै मजवुत हुन जरुरी रहेको बताए । राष्ट्रको समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र पत्रकार राष्ट्रको चौथो अंग भएपनि नागरिक नै भएको विचार उनले राखे ।
कार्यक्रममा मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपानेले शुभकामना व्यक्त गर्नुका साथै सफल कार्यकालको शुभ कामना दिएका थिए । कार्यक्रममा संघका सदस्यहरु सहित संचारकर्मिहरुकोे उपस्थिति रहेको थियो ।
