समाचार

लागूऔषधसहित दुई जना पक्राउ

धनुषा, २० जेठ । धनुषा जिल्लाको नगराईन नगरपालिका ७ स्थित विर्ताघाटबाट जेठ १९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ४ बस्ने ३२ वर्षिय देबकुमार ज्ञापक र सोही नगरपालिका ९ बस्ने ३४ वर्षिय दिपेन्द्रजित ठोकर छन् । सशस्त्र...

मनहरी बजारमा लैंगिक हिंसा तथा मानव वेचविखन विरुद्धको र्याली र अन्तरक्रिया

मकवानपुर, २० जेठ । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित मनहरी बजारमा आईतबार ‘लैँगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको र्याली‘ तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजना तथा ईलाका प्रहरी कार्यालय मनहरी, सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र र अस्मिता नेपाल मकवानपुरको...

ईन्धनको मूल्य वृद्धि र शिक्षामा शुल्क वृद्धिका विरुद्ध हेटौँडाबाट तात्तिए विद्यार्थी, सोमबार देशव्यापी शैक्षिक हडताल घोषणा

मकवानपुर, २० जेठ । शिक्षा क्षेत्रमा भएको चरम शुल्क वृद्धि र केपी शर्मा ओली नेतृत्वको सरकारले पटक–पटक इन्धनको मूल्य बढाएको विरोधमा हेटौँडाबाट विद्यार्थीहरु जुर्मुराएका छन् । मूल्य तथा शुल्क वृद्धिको विरोध गर्दै प्रतिपक्षीय विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियनले देशव्यापी शैक्षिक हडतालको केन्द्रीय कार्यक्रम अन्तर्गत सोमबार...

मनहरी मोटरसाईकल दुर्घटना : घाईते भएका युवकको मृत्यू

मकवानपुर, २० जेठ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरीमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौँडातर्फ आईरहको ना ३ च ७०५७ नम्बरको कुखुरा बोक्ने पिकअप भ्यानले ना ३९ प १५७२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक राक्सिराङ...

दामन सिमभञ्ज्याङबाट हेटौँडाका एक सहित दुई जना पक्राउ

मकवानपुर, २० जेठ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ स्थित त्रिभुवन राजपथबाट गाँजा र चरेशसहित २ जनालाई आईतबार पक्राउ गरिएको छ । प्रहरीले पर्साको बिरगञ्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ३५ वर्षीय मनोजकुमार साह र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय लक्ष्मण स्याङ्तानलाई पक्राउ गरेको...

कर्तव्य ज्यान मुद्धामा सजाय तोकी फरार रहेका जयबहादुर थाहानगरबाट पक्राउ

मकवानपुर, २० जेठ । कर्तव्य ज्यान मुद्धामा सजाय तोकी फरार रहेका एक मानिसलाई प्रहरीले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ थानाबजारबाट पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको मिति २०६९ चैत १९ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकी फरार रहेका प्रतिबादी कैलाश गाउँपालिका वडा नम्बर...

हेटौँडाबाट सात प्रदेशका गृहमन्त्रीहरुको गर्जन–‘हामीलाई अधिकार खै ?’, यस्तो भयो ४ बुँदे सहमति

मकवानपुर, २० जेठ । देश संघीयतामा गएपछि प्रदेश तह तथा स्थानीय तह अधिकारप्राप्त शक्तिशाली तह बन्ने व्यवस्था संविधानले गरेता पनि त्यो आँखामा छारो हाले जस्तै देखिएको सात प्रदेशका गृहमन्त्री (आन्तरिक मामिला तथा कानुन मन्त्री) हरुले गुनासो गरेका छन् । संघीय सरकारले प्रदेश तहका गृहमन्त्रीहरुलाई पर्याप्त अधिकार नदिएको भन्दै सात...

थारु कल्याणकारिणीको सभापतिमा पूनः हरिलाल चौधरी

मकवानपुर, २० जेठ । थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी, सदस्यहरुमा होमनारायाण...

मकवानपुरगढीका विद्यार्थीलाई ६ दिने पत्रकारिता तालिम सुरु

मकवानपुर, २० जेठ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा मकवानपुरगढीका विद्यार्थीहरुका लागि ६ दिने आधारभूत पत्रकारिता तालिम शनिबारबाट हेटौँडामा सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका घर भई विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत तथा पत्रकार बन्न चाहानेहरुका लागि तालिमको आयोजना गरिएको हो । तालिमको...

भिमफेदीमा महिला हिंसा विरुद्ध २ दिने कानुनी परामर्श

मकवानपुर, २० जेठ । समाज सुधार तथा संरक्षण केन्द्र मकवानपुरले भिमफेदीमा महिला हिंसा विभरुद्ध २ दिने कानुनी परामर्श दिएको छ । केन्द्रकी अध्यक्ष टिका कुमारी बोगीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता कृष्णप्रसाद अर्याल, केन्द्रकी सचिव लक्ष्मी श्रेष्ठ र सल्लाहकार चित्रकुमारी गुरुङले सहजीकरण गरेका थिए । दुई दिने कार्यक्रममा भिमफेदी गाउँपालिका...