भिरकोटमा जनक माविको अभिभावक भेला सम्पन्न, संचारकर्मी यादव चौँलागाईलाई सम्मान
मकवानपुर, ०३ असार । मकवानपुरको पुर्वी क्षेत्रको बकैया गाउँपालिका वडा नम्बर ४ भिरकोटमा अवस्थित जनक माध्यमिक विद्यालय भिरकोटको १३ औँ अभिभावक भेला सम्पन्न भएको छ । भेलामा विभिन्न व्यक्ति तथा समूहलाई पुरस्कार तथा सम्मान समेत प्रदान गरिएको छ ।
बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले उद्घाटन गरेको भेलामा बिध्यालयको गुणस्तर तथा ग्रामिण तहका विद्यालयको सुधारको विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष खनाल, उपाध्यक्ष सरला बोलखे, वडा नम्बर ३,४,७ का अध्यक्षहरु क्रमशः दिलबहादुर भोम्जन , राजन दङ्गाल र रामकाजी लामिछानेलाई सम्मान गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड तथा भलिबलमा प्रथम हुन सफल विद्यालयका खेलाडी तथा शिक्षकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

त्यस्तै समाचार लेखन तथा प्रकाशन गरि विद्यालयको गरिमा बढाउन भुमिका खेलेको भन्दै संचारकर्मी यादव चौलागाईंलाई सम्मान समेत गरिएको छ । चौलागाईंले ग्रामिण क्षेत्रमा रहेर कृयाशिल भइ समाचार लेखन तथा बकैया टाइम्स पत्रिका प्रकाशन गरेर योगदान पुराएको भन्दै सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिकास भोम्जनको सभाध्यतामा भएको कार्यक्रममा विशेष अतिथी स्रोत ब्यक्ती मोदनाथ पोखरेल, स्थानीय अगुवा भोजराज लामिछाने, पुर्व अध्यक्ष होमप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
