राक्सिराङमा काँग्रेसीजनको सहयोग, बुवा गुमाएका छोराछोरीको शिक्षाको लागि अक्षय कोष स्थापना

तु खबर संवाददाता
२०७५ असार ३, आईतवार १८:४४

मकवानपुर, ०३ असार । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता सहित स्थानीय जनताको पिडामा विभिन्न सहयोग गर्दै आएको नेपाली काँग्रेस मकवानपुर, काँग्रेसका सांसद तथा नेताहरु र तिनका भातृ संगठनमा संलग्न युवाहरुले सहयोग कार्य बढाउँदै गएका छन् ।

यसै क्रममा जेठ १९ गते मनहरी गाउँपालिका स्थित सुनाचुरीमा सवारी दुर्घटनामा निधन भएका कांग्रेस नेता राजकुमार तामाङको छोराछोरीको पढाईको लागि भन्दै काँग्रेसीजनले अक्षय कोष स्थापना गर्ने भएको छ । आईतबार १३ औं दिनको पूण्य तिथिमा कांग्रेसले आयोजना गरेको शोकसभामा अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो । अक्षय कोषका लागि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले ५० हजार, प्रदेशसभा सदस्य सन्त चेपाङले ५० हजार र राक्सिराङ गाउँपालिकाका ७ जना जनप्रतिनिधिले ५० हजार रुपैंया उपलब्ध गराएका छन् ।

मृतक तामाङ कांग्रेस राक्सिराङ गाउँपालिकाका नेता एवम् जनजाति महासंघका राक्सिराङ संयोजक रहेका थिए । बोलेरो गाडीको ठक्करबाट मृत्यु भएका उनको दुई जना छोराछोरी रहेका छन् । दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको उच्च शिक्षाको लागि अक्षय कोष स्थापना गरिएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*