पालुङ युवा समाजले गर्यो आर्थिक विपन्न विध्यार्थीलाई छात्रवृत्ति प्रदान

तु खबर संवाददाता
२०७५ असार ३, आईतवार १८:०१

मकवानपुर ३ असार । पालुङ युवा समाजले थाहा नगरपालिका वडा नम्वर २ मा अवस्थित विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्वर्गीय सचिन श्रेष्ठ स्मृति छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयकै सिफारिसमा विद्यार्थीलाई पोशाक एकजोर सहित प्रति विद्यार्थी ३ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गरेको युवा समाजका उपाध्यक्ष संजित श्रेष्ठले जानकारी दिए । छात्रवृत्ति पाउनेमा जनकल्याण माविका कक्षा ६ की संगिता श्रेष्ठ र कक्षा ९ को सविन केसी, मत्स्यनारायण माविका कक्षा ९ का रुदेश कार्की र पवित्रा तोलाङ्गे र सरस्वति आधारभूत विद्यालयका कक्षा ७ का शिशिर खड्का र मुस्कान पुजारी रहेका छन् । बिद्यालयका लागि साधारण औषधि सहितको प्राथमिक उपचारका सामाग्रीको बकस पनि समाजले प्रदान गरेको थियो ।

समाजका अध्यक्ष विजयविक्रम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साविक पालुङ गाविसका पूर्व अध्यक्ष तथा समाजसेवी श्यामभक्त श्रेष्ठको प्रमुख आतिथ्यता
रहेको थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष छात्रवृत्ति वितरणको कार्यक्रमलाई विस्तार गरी वडास्तरीय कार्यक्रम बनाइएको र आगामी दिनमा अझै विस्तार गर्दै अघि बढ्ने बताए । कार्यक्रममा स्थानिय समाज सेवी राजु नापित, स्व। सचिन श्रेष्ठ स्मृति छात्रबृति कोषका संरक्षक तथा स्व। सचिन श्रेष्ठका पिता सम्पूर्ण श्रेष्ठ, मत्स्यनारायण माविका शिक्षक दिपेन्द्रराज प्रधान, सरस्वति आधारभुत विद्यालयका शिक्षिका सन्तोषि बस्नेतलगायतको आतिथ्यता रहेको थियो । भातृत्व, सामाजीक उत्तरदायित्व र सहकार्यको मुलनारा सहित २०७३ सालमा स्थापना भएको पालुङ युवा समाजले रोजगारीको सिलसिलामा कोरियामा तिन वर्ष पहिले मृत्यु भएका थाहा नगरपालिका–२ पालुङका सचिन श्रेष्ठको स्मृतिमा स्व। सचिन श्रेष्ठ स्मृति छात्रबृत्ति कोषमार्फत छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*