समाचार

उमेरले ७५ वर्ष कटेपनि युवाको जस्तो जोश, बिक्रीको चिन्ता नगरी निरन्तर कला साधना

पोखरा, १९ जेठ । “उति बेलाको पोखरा ढुंगा नै ढुंगाले छापिएको थियो, बाल्यकालमा तिनै ढुंगाका छपनीमा विभिन्न चित्र कोर्ने मेरो अनौठो सोख थियो,”, उमेरले साढे सात दशकको नेटो काटेर पनि युवाको जस्तै जोश देखिने कलाकार क्षेत्रलाल कायस्थले भन्नुभयो । आफ्नो जीवनको लामो समय कलाका क्षेत्रमा खर्चेका कायस्थ यतिखेर पनि...

जंगली च्याउ खाएर एकै घरका ३ जना सिकिस्त बिरामी

पाँचथर, १९ जेठ । जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् । बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार...

मेडिकल कलेजको अवस्था नाजुक बनेपछि विद्यार्थीको भविष्य अन्धकार

जनकपुर, १९ जेठ । जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष...

काँग्रेसलाई सुध्रने मौका पाएको दाबी

सल्यान, १९ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसका लागि सुध्रिने सुनौलो अवसर आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधिसभालाई आज यहाँ सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्ने अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताउनुभयो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद आत्मसात गरेको...

चीनले नुवाकोटमा इन्धन भण्डार गृह निर्माण गर्ने

नुवाकोट, १९ जेठ । चीन सरकारको सहयोगमा निर्माण गरिने इन्धन भण्डारणगृह (डिपो) निर्माणस्थलका लागि नुवाकोटमा जग्गाको पहिचान गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवदेव जोशीको संयोजकत्वमा गठित ‘पेट्रोलियम पदार्थ भण्डारणगृह निर्माण गर्न जग्गा पहिचान कार्यदल’ले विदुर नगरपालिका–५ स्थित बुनीबेँसीमा जग्गा पहिचान गरेको हो । मन्त्रालयले वैशाख...

पढ्ने र तास खेल्नेलाई यस्तो हुन्छ फाईदा

सिकागो, १९ जेठ । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।...

काँग्रेसले समिक्षाबाट नयाँ बाटो तय गर्नुपर्ने निश्कर्ष

चितवन, १९ जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेसले समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनको आयोजनामा आज चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी नयाँ कार्ययोजनाका साथ एकाकार हुनु जरुरी रहेको आँैल्याउनुभयो । अब सबैको सुझाव लिने बेला...

चोरी गर्ने ७५ जना पक्राउ

काठमाडौँ, १९ जेठ । महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ । महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाले महाराजगञ्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौशाला, बानेश्वर, लैनचौर, कमलपोखरी, दरबारमार्ग, कपन,...

पाल्पा–बुटवल सडक बिहानदेखि दिउँसोसम्म बन्द

पाल्पा, १९ जेठ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडक बन्द गरिएको छ । सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताउनुभयो । सामान्य वर्षाद्को समयमा पनि सो सडकमा पटक–पटक...

प्रदेश ३ मा फिल्म सिटी, सूचना पार्क, प्रेस रजिस्टार कार्यालय निर्माण हुने

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ मा फिल्म सिटी, सूचना पार्क तथा प्रेस रजिष्टार कार्यालय निर्माण हुने भएको छ । आज संसदमा प्रस्तुत गरिएको ३ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार प्रेस स्वतन्त्रताको सम्मान गर्दै प्रदेशभित्र क्रियाशील संचार माध्यमलाई मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउनुका साथै...