समाचार

प्रदेश ३ मा प्रदेश प्रहरीको व्यवस्थापन र प्रदेश अनुसन्धान ब्यूरो बनाइने

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ मा बहुवर्षिय योजना अन्तरगत कार्यान्वयन गर्ने गरि प्रदेश प्रहरी गठन गर्ने र प्रदेश अनुसन्धान ब्यूरो स्थापना गरिने भएको छ । आज संसदमा प्रस्तुत गरिएको ३ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बहुवर्षीय योजना अन्तरगत कार्यान्वयन गर्ने गरी प्रदेश प्रहरी...

प्रदेश ३ मा आर्थिक वर्ष २०७५–०७६ भित्रै सबै कानुन निर्माण गरिने

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ मा यसै आर्थिक वर्ष २०७५–०७६ भित्रमा प्रदेशलाई आवश्यक पर्ने सबै कानुन निर्माण गरिने भएको छ । आज संसदमा प्रस्तुत गरिएको ३ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार प्रदेशको शासकीय प्रवन्ध एवं संगठनात्मक संरचनाको परिमार्जन र सुदृढिकरण गर्दै कानून बनाउने...

प्रदेश ३ नीति तथा कार्यक्रम : माध्यमिक विद्यालयमा नर्सको व्यवस्था, महिनावारीका विषयमा पाठ्यक्रम, तालिमप्राप्त स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको व्यवस्था

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ सरकारले प्रदेश भित्रका माध्यमिक विद्यालयहरुमा नर्सको व्यवस्था गर्ने भएको छ । आज प्रस्तुत भएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्न लागिएको उल्लेख छ । त्यस्तै विद्यालयमा अध्ययनरत छात्रा महिनावारी हँुदा अनुपस्थित हुने अवस्था घटाउन जनचेतना जगाउने र यो विषय पाठ्यक्रममा...

‘हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईने’, प्रत्येक स्थानीय तहमा अस्पताल

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ को हेटौँडामा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान बनाईने भएको छ । आज ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले सो कुरा उल्लेख गरेकी हुन् । हेटौंडा अस्पताललाई मदन भण्डारी...

प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम सार्वजनिक, हेर्नुहोस् पूर्ण विवरण

हेटौँडा, १८ जेठ । प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । हेटौँडामा आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले नीति तथा कार्यक्रम संसदमा पेश गरेकी हुन् । प्रदेश ३ ले नीति तथा कार्यक्रममा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने,...

निःशुल्क उपचार गर्ने डाक्टर दम्पत्ति बिरामी हुँदा यस्तो हविगत, कोही छैनन् कुरुवा

-सुरेन्द्र भण्डारी झापा १८ जेठ । एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थालापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् । श्रीमान्को भारतको सिलगढी स्थित आनन्दलोक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको छ भने श्रीमतीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि...

उठाइएको फोहोर फेरि सडकमै, यस्तो छ पारा

काठमाडौँ, १८ जेठ । सफाइ अभियानले फोहर उठाएर राखेको एक सातासम्म सडक किनारमै थुप्रिएको छ । जेठ १२ गते शनिबार २२४औँ हप्ताको गुह्येश्वरीमाथिको वाग्मती सफाइ सहायक नदी कोलमती किनारमा भएको थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशीष घिमिरेलगायत पनि सहभागी...

नुमना विद्यालयलाई गाउँपालिकाद्वारा ११ लाख अनुदान

दाङ, १८ जेठ । छनोट भएका नमूना विद्यालयलाई दाङ राप्ती गाउँपालिकाले रु एघार लाख अनुदान दिने निर्णय गरेको छ । सो गाउँपालिकाका शिक्षा समितिको बैठकले उक्त रकम दिने निर्णय गरेको हो । गाउँपालिकाले श्री मावि मौरीघाट, शंकर मावि पिपरी, सरस्वती आधारभूत विद्यालय छोट्की सिसहनिया र नवप्रतिभा आधारभूत विद्यालय पाखापानीलाई...

प्रअको कक्षमा डेढ महिना देखि ताला

नुवाकोट, १८ जेठ । यहाँको तार्केश्वर गाउँपालिका–१ बुधसिंहमा रहेको ढाँडखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ढेड महिना अघि लगाएको ताला अझै कायम छ । विद्यालयका प्रअ मधु अधिकारीले आर्थिक अनियमितता गरेको भन्दै छानबिनका लागि विभिन्न निकायमा उजुरी दिए पनि सम्बोधन नभएकाले चैत २९ गते प्रअको कार्यकक्षमा ताला लगाएर छानबिनको माग...

खडेरी परेपछि गाउँमा पानीको हाहाकार

रोल्पा, १८ जेठ । लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल...