समाचार

ठगिदै उपभोक्ता, बजेट भाषणलगत्तै मूल्यवृद्धि

काठमाडौँ, १८ जेठ । बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’ आजको...

बन्दरगाहमै थन्कियो कन्टेनर

पर्सा, १८ जेठ । तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ । तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगन्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खाली तथा मालवाहक कन्टेनर यसरी वीरगन्ज...

नेकपाको केन्द्रबिन्दुमा पेरिस डाँडा

काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो । आजको नयाँ पत्रिकामा समाचार छ । नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल,...

एसएसपी श्याम खत्री २०६८ सालदेखि नै सुन तस्करीसँग मिलेको खुलासा

काठमाडौँ, १८ जेठ । अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाईन मिलाउने काम गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाईन मिलाउँदै आएका थिए । आजको नागरिक दैनिकको...

सिआन पुनर्स्थापना केन्द्र तेस्रो वर्षमा प्रवेश

मकवानपुर, १७ बैशाख । सिआन पुनर्स्थापना केन्द्रले आफ्नो स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष लागेको अवसरमा एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको छ । लागुपदार्थ दुव्र्यसनीको क्षेत्रमा काम गर्दै आएको सिआनले दुव्र्यसनमुक्त समाज निर्माणका लागी अभियान समेत सञ्चालन गर्दै आएको छ । सिआन एक बालकको सम्झनामा बालककै...

जंगली च्याउ खाँदा एकै परिवारको ३ जना बिरामी

विराटनगर, १७ जेठ । मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा...

५ वर्षभित्र देशभर सिँचाई पुग्ने दाबी

काठमाडौँ, १७ जेठ । सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजनासमेत अगाडि बढाउने लक्ष्यका साथ सरकारले बजेट विनियोजन गरेको हो...

प्रधानमन्त्री ओलीले गरे स्काउटमा लाग्इन आह्वान

नुवाकोट, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवद्र्धनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गर्नुभएको छ । ककनी गाउँपालिका–५, ककनीमा बुधबारदेखि शुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको आज उद्घाटनका क्रममा नेपाल स्काउटका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले...

नारायणकाजी भन्छन्–‘समाजवाद आउन समय लाग्छ’

काठमाडौँ, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुकमा समाजवाद आउन केही समय लाग्ने बताउनुभएको छ । साम्यवादका प्रणेता कार्ल माक्र्सको द्विजन्मशताब्दीको अवसरमा आयोजित ‘माक्र्सवाद र समाजवाद’ शीर्षक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ समापन गर्दै उहाँले समाजवादका लागि पूर्वाधार बन्न केही समय लाग्ने भएकाले अलि ढिला आउने...

काँग्रेसभित्र अनुशासनको आवश्यकता भएको देउवाको दाबी

पोखरा, १७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताउनुभएको छ । काँग्रेस कास्की जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले अनुशासनहीनताका कारण पार्टी कमजोर बन्दै गएकाले पार्टीमा मौलाएको छाडापन नियन्त्रण र निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारवाही नगरिएसम्म पार्टीलाई सबल बनाउन नसकिने धारणा राख्नुभयो...