चट्याङपछि आगलागी हुँदा बकैयामा घर जल्यो

तु खबर संवाददाता
२०७५ जेष्ठ २९, मंगलवार ०९:२३

मकवानपुर, २९ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङपछि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

उक्त स्थानका स्थानीय शुक्रबहादुर घलानको घर चट्याङपछि आगलागी हुँदा जलेर नष्ट भएको वडा अध्यक्ष टंकध्वज लोप्चनले जानकारी दिए । मंगलबार बिहान १ बजेतिर परेको चट्याङबाट आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा गरी करिब ८ लाख रुपैँया भन्दा बढिको क्षति भएको लोप्चनको भनाई छ ।

यस अघि च्याउँच्याउँमै जेठ २२ गते परेको चट्याङबाट २ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*