प्रकृति संरक्षण कोषबाट मकवानपुरका ५ वन उपभोक्ता समूहलाई आर्थिक सहयोग
मकवानपुर, २९ जेठ । मकवानपुरका ५ वटा सामुदायिक वन उपभोक्ता समूहलाई चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक सहयोग प्रदान गरेको छ ।
कोषले हेटौँडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन, हेटौँडा–१ मा रहेको सुन्दर सामुदायिक वन र हेटौँडा–१७ मा रहेको अशोक सामुदायिक वनलाई २५ हजारका दरले जम्मा १ लाख २५ हजार रकम सहयोग गरेको हो ।
कोषले विश्वमा नै दुर्लभ एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण, बासस्थानको व्यवस्था, आहारको प्रवन्ध लगायतका क्षेत्रहरुमा काम गर्नकोे लागि सहयोग रकम उपलव्ध गराएको बताइएको छ । कोषले यस अघि पनि होडिङ बोर्ड निर्माण, म्यामेरा ट्रयापिङ, तालिम, गोष्ठी लगायतका कामहरुमा पनि सहयोग गर्दै आएको छ ।
कोषले सहयोग गरेका कारण सालक संरक्षणको क्षेत्रमा थप काम गर्न हौसला मिलेको रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारीले बताए । कोषले अन्य जिल्लामा सालक संरक्षणको काममा जुटेका सामुदायिक वन समूहलाई पनि सहयोग गर्ने गरेको छ ।
