मकवानपुरबाट हराएका १५ मोबाईल फोन मोबाईल धनीलाई फिर्ता
मकवानपुर, २९ जेठ । मकवानपुर प्रहरीले एक महिनाभित्र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट हराएका र चोरी भएका १५ बटा मोबाइल फोन मोबाईल धनीलाई फिर्ता गरिदिएको छ । प्रहरीले फेला पारेका ४० वटा मोबाईल मध्ये १५ वटा फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले आईफोन, सामसुङ, नोकीया, लाभा, ओपो, जियोनी, हुवाई आदी ब्रान्डका मोबाइल फोन फिर्ता गरेको हो । प्रहरीले हराएको र चोरी भएको थप तिन थान मोबाईल फोन सोमबार मोबाईल धनीको जिम्मा लगाएको छ । प्रहरीले हेटौंडा–५, का माधव राज चालिसे, हेटौँडा–५ पिप्ले बस्ने सम्झना अधिकारी र हेटौंडा– ३, की प्रियंका कुमारी साहलाई मोबाइल फोन जिम्मा लगाएको हो ।
मकवानपुर प्रहरीले हराएको र चोरी भएको मोबाइल फोनको खोजी कार्य अभियानलाई निरन्तरता दिइने बताउँदै आए पनि केही फोन भने खोज्न भने निकै महिना लाग्ने गरेको छ । मोबाईल फोन ट्रयाक भइसक्दा पनि मकवानपुर प्रहरीले मोबाईल चोरमाथि एक्सन नलिएको आरोप समेत सोसियल मिडियामा देखिन थालेको छ ।
