योजना मन्त्री ढुङ्गेलको हेटौँडामा उद्घोष–गल्ती गर्ने निर्माण व्यवसायीलाई कारवाही हुन्छ

तु खबर संवाददाता
२०७५ जेष्ठ २८, सोमबार १९:०३

मकवानपुर, २८ जेठ । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गल्ती गर्ने निर्माण व्यवसायीलाई कारबाही हुने बताएका छन् ।

आइतबार मकवानपुर उद्योग बाणिज्य संघ र सनराइज बैंक हेटौंडाको संयुक्त आयोजनामा भएको आधारभूत लेखा तथा कर नीति अभिमुखिकरण तालिमको उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले सबै निर्माण व्यवसायीले राम्रो काम गरेको भएपनि केही निर्माण व्यवसायीका कारण बदनाम भएको दावी गर्दै गलत गर्ने व्यवसायीलाई कारबाहीको दायरमा ल्याउन सरकार लागिरहेको बताए ।

उनले निर्माण व्यवसायीलाई कारबाही गर्ने क्रममा सरकारबाट गल्ती भएको खण्डमा आफूहरु सुधार गर्न तयार रहेको बताए । उनले बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार चल्न समेत सुझाए । उनले बैंकहरुले अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष आनन्दराम पराजुलीले निर्माण व्यवसायीहरुमाथि केही समययता सरकारले गरेको धरपकड र दुःख दिने कार्यको विरोध गरेसँगै मन्त्री ढुंगेलले सरकारको वचावट गरेका थिए । सरकारका निकाय र कतिपय नीतिका कारण सार्वजनिक निर्माणमा समस्या भएको भन्दै अध्यक्ष न्यौपानेले संघले निर्माण व्यवसायीमाथि अनावश्यक आरोपलगाएर सरकारले त्रासको वातावरण सिर्जना गरेके बताएका थिए ।

बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले स्वागत गरेको कार्यक्रमम मकवानपुर उद्योग बाणिज्य संघका सदस्य तथा कर संयोजक रवि कँडेल शर्माले स्वागत गरेका थिए । शर्माले स्वागतको क्रममा व्यवसायीलाई नयाँ कर नीतिबारे जानकारी गराउने र आफ्नो व्यवसायको लेखालाई चुस्तदुरुस्त राख्न सहयोग गर्ने हेतुले कार्यक्रम गरिएको बताए । कार्यक्रम मकवानपुर उद्योग बाणिज्य संघ अध्यक्ष कृष्ण कुटवालको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*