समाचार
७ वर्षमा पनि बनेन स्वास्थ्य भवन
जाजरकोट, १८ जेठ । जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहँुदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको...
आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्छ–गृहमन्त्री बादल
विराटनगर, १८ जेठ । गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धि...
फोटो पत्रकारको भेला : नौ बुँदे चितवन घोषणापत्र जारी
चितवन, १८ जेठ । नेपाल फोटो पत्रकार महासंघको राष्ट्रिय भेला नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै सकिएको छ । सौराहामा सम्पन्न भेलाले लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्र निर्माणमा फोटो पत्रकारले महत्वपूर्ण योगदान गर्ने निष्कर्षसहित सो घोषणापत्र जारी गरिएको हो । यही जेठ १६ र १७ गते भएको भेलापछि आज...
राष्ट्रियसभा बैठकमा उठ्यो प्रश्न : ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
काठमाडौँ, १८ जेठ । आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । निर्धारित समयभन्दा २२ मिनेट अर्थात् ११ बजेर २२ मिनेटमा शुरु भएको बैठकमा सांसद खिमलाल भट्टराईले सुन्दा प्रारम्भमा बजेटमा केही छुटेको जस्तो लागे पनि समग्र बजेट वक्तव्य पढिसकेपछि मुलुकको विकास र समृद्धिको पक्षमा...
मकवानपुरमा जनप्रतिनिधिहरुले नै दिँदैनन् सूचना, सूचनामा व्यापक चलखेल
–चन्द्र घलान मकवानपुर, १८ जेठ । मकवानपुर जिल्लामा स्थानीय तहका जनप्रतिनिधिहरुले नै सूचना नदिने गरेको संचारकर्मीहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको आयोजनामा आज महासंघ सभाहलमा भएको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अनुभव साटासाट गर्दैै पत्रकारहरुले जनप्रतिनिधिहरु आईसकेपछि सूचना लिन कर्मचारीतन्त्रका बेलाभन्दा झन बढी असहज...
हेटौँडा उपमहानगरपालिकामा कर्मचारी गायब, खाली कुर्सी अगाडि सर्वसाधारणको लाईन, सुधार आउने छाँटकाँट नै छैन
–बलराम पुडासैनी मकवानपुर, १८ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा ,कर्मचारी व्यवस्थापन , कार्यालयमा आएका विभिन्न फाईलहरुको व्यवस्थापन , कार्य प्रणालीको व्यवस्थापन यावत विषय लथालिङ्ग छ । सुधार गर्नुपर्यो भन्दै सर्वसाधारणको गुनासो र मिडियामा समाचार पटक–पटक आईरहेका छन् तर हेटौंडा उपमहानगरपालिकाको कार्यप्रणालीमा सुधार भने आउन सकेको छैन् । कर्मचारीको...
पदमपोखरीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
–चन्द्र घलान मकवानपुर, १८ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी स्वास्थ्य चौकी परिसरमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । वडा नम्बर १३ को आयोजना र स्वास्थ्यचौकीको सहयोगमा आज १ दिने निःशुल्क स्वास्थ्य शिविर हुन गईरहेको वडाअध्यक्ष मनोजकुमार वाईवाले जानकारी दिए । हेटौँडा उपमहानगरपालिकाका मेयर...
सनराइज बैंक हेटौडाको वार्षिक उत्सव, स्वास्थ्य उपचारमा एक लाखसम्म दिने
मकवानपुर । सनराइज बैंक हेटौंडाको प्रथम वार्षिक उत्सव भव्य रुपमा मनाइएको छ । हेटौंडा शाखा प्रबन्धक सुदर्शन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ण शाक्य, प्रेम शाक्य, पुस्कर महत र वृन्दलाल श्रेष्ठले केक काटेर शाखाको वार्षिक उत्सवको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा वैंकसँग सहकार्य गर्ने व्यवसायी तथा शुभचिन्तकहरुलाई खादा ओढाएर...
वायु प्रदुषण गर्ने युरो ३ गाडी भारतबाट नेपालमा भित्रियो, खुलेआम बिक्री वितरण
काठमाडौँ, १८ जेठ । भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो-३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रिने क्रम बढेको छ । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ । भारतको सुप्रिम कोर्टले युरो-३ मापदण्डका गाडी बिक्री तथा...
सांसदहरु भत्ता बुझ्दै फर्कदैँ
काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु ससदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । बिहीबरको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । बैठकमा शीर्ष...









