समाचार
पदमपोखरीमामा २ सय ४६ जनाको स्वास्थ्य परिक्षण
मकवानपुर, २० जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी स्वास्थ्य चौकी परिसरमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । वडा नम्बर १३ को आयोजना र स्वास्थ्यचौकीको सहयोगमा भएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८१ ज्ना महिला...
सपनाको आँखा संकलन
काँकडभिट्टा, १९ जेठ । मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी सङ्कलन गरेको छ । मृतकबाट सङ्कलित आँखाको नानी आँखा नदेख्ने जीवित व्यक्तिलाई प्रत्यारोपण गरिने छ । यसरी प्रत्यारोपण गर्दा एक न्यून दृष्टियुक्त व्यक्तिले नयाँ संसार हेर्न पाउने छन् । अस्पतालले दमक–८ की ४४ वर्षीया सपना...
३ वटा केन्द्रबाट वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने
रसुवा, १९ जेठ । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम...
बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण हुने
काठमाडौँ, १९ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ । लामो समयदेखि आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने बारेमा रहेको विवादलाई हल गर्दै सरकारले आफ्नै लगानीमा आयोजना शुरु गर्ने नीतिगत व्यवस्था गरेको हो...
फेरि बढ्यो पेट्रोलको भाउ
काठमाडौँ, १९ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन÷तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल...
साधन स्रोतको न्यायोचित वितरण हुनेपर्नेमा मुख्यमन्त्रीको जोड
बाग्लुङ, १९ जेठ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राज्यको स्रोत साधानमा सबैको बराबरी हक लाग्छ ।” “स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ”, मुख्यमन्त्री गुरुङले...
कम्युनिष्ट शासनमा समृद्धि आउनै नसक्ने बानियाँको दावी
मकवानपुर । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कम्युनिष्ट शासनमा समृद्धि आउन नसक्ने दावी गरेका छन् । फापरवारी गाउँपालिका ७ नम्बर वडा भेलामा बोल्दै उनले बढी कुरा गर्ने र काम कम गर्ने कम्युनिष्टहरुको शासनकालमा मा देशमा समृद्धि आउन नसक्ने दावी गरेका हुन् । उनले कांग्रेसले...
१० वर्षदेखि नदिको पानीकै भरमा जीवन धान्दै स्थानीय
कञ्चनपुर, १९ जेठ । खानेपानीको विकल्प नहुँदा शुक्लाफाँटा नगरपालिका–९ नौखरीको राना परिवारले बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको पानी पिउनका लागि उपयोग गर्दै आएकाछन् । थोरै पैसाले ह्याण्ड पम्प गाड्न नसकिने भएपछि रानाको परिवारले नदीको पानी प्रयोग गर्दै आएको छ । रानाजस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी...
कमल क्षेत्रीको ‘कहाँ पाइन्छ र’ म्युजिक भिडियो सार्वजनिक
मकवानपुर । युवाहरुको माझमा निकै लोकप्रिय गायक कमल क्षेत्रीको अर्को म्युजिक भिडियो बजारमा आएको छ । नाच न, आइ लभ यू, तिम्रै मायाले, कोदोकोला जस्ता चर्चित गीतका गायक क्षेत्रीले कहाँ पाइन्छ र बोलको गीत बजारमा ल्याएका हुन् । उनले आफ्नो जन्म दिन पारेर यो गीत बजारमा ल्याएका हुन् ।...
कहाँ गए राजधानीका सडक बालबालिका ?
काठमाडौँ, १९ जेठ । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बालकल्याण समितिले २०७३ वैशाख २७ गतेदेखि काठमाडौँसहित विभिन्न जिल्लाका सडकलाई सडक बालबालिकामुक्त बनाउने उद्देश्यले औपचारिक रुपमै सडकबाट बालबालिकाको उद्धार शुरु गरेसँगै पछिल्लो पटक...










