इद पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना ,मकवानपुरमा पनि मनाईदैं
मकवानपुर २ असार । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी वलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपतिले एक शुभकामना सन्देश दिँदै सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुल फित्र पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।
यसै उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्पूर्ण इस्लाम धर्मालम्वीलाई इद उल फित्रको शुभकामना दिँदै इद मुबारक दिएका छन् ।
त्यसैगरी आज मकवानपुरमा पनि इद पर्व मनाईदैं छ । मकवानपुरको हेटौंडामा रहेको मस्जितमा उक्त पर्वको मनाउनको लागि इस्लाम धमावलम्बीहरुको घुईचो लागेको छ ।
