सिमीकोटको उड्डयन कार्यालयमा यात्रु विहानै देखि यात्रु अलपत्र
हुम्ला २ असार । हवाई भाडा महँगो भएको भन्दै सिमीकोटको उड्डयन कार्यालयमा आज बिहानदेखि विरोध स्वरुप धर्ना दिइएको छ ।
धर्नाले गर्दा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्गेल तामाङको नेतृत्वमा भएको धर्नामा सम्पूर्ण राजनीतिक दल, स्थानीय निकायका पदाधिकारी, नागरिक समाज, व्यापारी, शिक्षक, बुद्धिजीविसमेतको सहभागिता छ ।
