धनुुुुषामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

तु खबर संवाददाता
२०७५ असार २, शनिबार १०:४०

धनुुुुषा २ असार । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

बिरामी पु¥याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा चालक नगरपालिका वडा नं १ निवासी २३ वर्षीय सन्तोषकुमार रायको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*