समाचार

प्रदेश ३ को राजधानी चितवनमा तोक्न माग

हेटौँडा, २० जेठ । प्रदेश ३ को स्थायी राजधानी चितवनमा तोक्न माग गरिएको छ । चितवन जिल्लाबाट निर्वाचित १३ जना सांसदहरुले आईतबार प्रदेशको स्थायी राजधानी चितवनमा हुनुपर्ने माग गर्दै सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । चितवनका सांसदहरु बलराम पौडेल, रामलाल महतो, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भुर्तेल, पार्वती सिलवाल,...

७ जातको धानको बिउ सिफारिस

दाङ, २० जेठ । जिल्ला कुषि विकास कार्यालयले यस वर्ष विभिन्न सातवटा जातको धानको बीउ सिफारिस गरेको छ । कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत दीपककुमार शर्माका अनुसार सिफारिस गरिएका बीउमा विन्देश्वरी, सावित्री, रामधान, सावामन्सुलि, सव(१), सुखा २ र ३ उन्नत् जात रहेका छन् । कार्यालयले अभियानमुखी कृषि उत्पादन कार्यक्रमअन्तर्गत...

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना, सानो आन्द्राबाट रक्तस्राव

काठमाडौँ, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वदेश फर्किएका उनी शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना भएका हुन् । राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको...

पत्रकार गिरीमाथि मोरङमा आक्रमण

विराटनगर, २० जेठ । नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि आक्रमण भएको छ । गिरीमाथि शनिबार साँझको समयमा घरमै बसेको अवस्थामा चार/पाँच जनाको समूहले आक्रमण गरेपछि उनको टाउकामा गम्भीर चोट लागेको छ । यसैबीच, नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले आज प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा...

पार्टीको विधान परिवर्तन गर्नुपर्नेमा कांग्रेस महामन्त्रीको प्रस्ताव

काठमाडौँ, २० जेठ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी विधान परिवर्तन गरेर अगाडि बढाउनुपर्ने बताएका छन् । समाजवाद अध्ययन केन्द्रको तर्फबाट साहित्यकार राधिका दाहाललाई आज ह्वीलचियर वितरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “प्रदेश र स्थानीय तह केन्द्रित विधान बनाएर संगठन निर्माणमा काँग्रेस लाग्नुपर्छ ।” महामन्त्री डा.कोइरालाले संविधानअनुसार...

प्रारम्भिक बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि हुने

काठमाडौँ, २० जेठ । प्रारम्भिक बाल स्याहार तथा शिक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौँमा शुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयको आयोजना र एसिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सञ्जालको सहकार्यमा हुन थालेका सो सम्मेलनमा प्रारम्भिक बालविकास तथा शिक्षा नीतिको प्रभावकारी कार्यान्वयन गराउने सम्बन्धमा छलफल हुने मन्त्रालयका प्रवक्ता वैकुण्ठ...

पहिरोले रोक्यो मुग्लिन–नारायणगढ सडक

रत्ननगर, २० जेठ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । सडक निर्माण...

करेन्ट लागेर ट्याङ्कर सहचालकको मृत्यू

रुपन्देही, २० जेठ । बुटवल उपमहानगरपालिका–८ जोतिपथ स्थित भित्री सडक खण्डमा लु.१ख ६६६८ नम्बरको ट्याङकरले आइतबार हाईटेसनको तारलाई छुन जाँदा सह–चालक तिलोत्तमा नगरपालिका एयरपोर्ट बस्ने १८ बर्षीय सुमन गुरुङलाई करेन्ट लागेकोले उपचारको लागी लुम्बिनी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस...

श्रीमतीलाई श्रीमाले कुटेर हत्या गरे

भोजपुर, २० जेठ । साल्पासिलिछो गाउँपालिका–३ गोथेबजार बस्ने ४० बर्षीया मेनुका राईको कुटपिटबाट मृत्यु भएको छ । उनलाई शनिबार राति उनकै ४५ बर्षीय श्रीमान हर्क बहादुर राईले कुटपिट गर्दा आइतबार बिहान घरमै मृत्यु भएको थियो । प्रहरीले हर्कबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कालो मरिचसहित ट्याक्टर र मानिस नियन्त्रण

पर्सा, २० जेठ । बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी स्थित ना.३ त २४३६ नम्वरको ट्याक्टरमा लुकाई छिपाई नेपालबाट भारततर्फ भन्सार छलेर लगिरहेको करीब १ हजार ८ सय ७५ के.जी. कालो मरिच सहित ट्याक्टर चालक भारत बिहार भेतिया सिक्टा घर भएका ३२ बर्षीय नन्दलाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा...