समाचार
पूर्व मिस नेपाल मलिना अब प्रशिक्षक
वाशिंगटन डिसी, २२ जेठ । सन् २०११ की मिस नेपाल मलिना जोशी अमेरिकाको टेक्सस राज्यमा हुने छैठौँ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी छिन् । टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ , २०१८ आइतबारका दिन हुने कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् । मिस...
नियुक्त हुने बित्तिकै कर्मचारी फेरबदल
काठमाडौँ, २१ जेठ (रासस) । उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको कर्मचारी व्यवस्थापन निर्णय परिवर्तन गरी सबैले प्रदेशमा गई काम गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा विभागका कर्मचारीसँगको भेटघाटमा नवनियुक्त स्वास्थ्यमन्त्री यादवले प्रदेशस्तरमा सहसचिवलाई प्रमुख बनाएर पठाउँदा त्यसभन्दा माथिका कर्मचारीलाई मातहतमा बसेर काम गर्न समस्या भएकाले त्यसमा हेरफेर...
लाभकर बढाइएकोमा विरोध
काठमाडौँ, २१ जेठ (रासस) । सरकारले हकप्रद र बोनस शेयरमा समेत पूँजीगत लाभकर बढाएको भन्दै शेयर बजारका लगानीकर्ताले विरोध जनाएका छन् । उनीहरुले आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई ज्ञापनपत्र बुझाई उक्त व्यवस्था तत्काल हटाउन आग्रह गरे । सरकारले आजैदेखि लागू हुने गरी बोनस तथा...
बुद्ध एयरले थाल्यो दैनिक ३ अन्तराष्ट्रिय उडानको तयारी
नेपालगञ्ज, २१ जेठ । बुद्ध एयरले नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीका लागि अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । त्यसका लागि बुद्ध एयरले नेपाल सरकारलाई भारतसँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रियाका विषयमा छलफल अघि बढाउन आग्रह गरेको छ । उडान तयारीका सम्बन्धमा आज बुद्ध एयरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...
तोकियो प्रदेश ४ को नाम र राजधानी–नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’
पोखरा, २१ जेठ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय...
ईन्द्रसरोवरमा ३५ घरलाई खानेपानी पुर्याउन दुई पटक लिफ्ट
हेटौँडा, २१ जेठ । २०७२ बैशाख १२ को बिनाशकारी भूकम्पका कारण खानेपानीको मुहान सुकेपछि मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–५ सानु नयाँगाउँमा खानेपानी उपलब्ध गराउन दुई पटक लिफ्टिङ गरिएको छ । उन्युघारी खानेपानी उपभोक्ता समिति इन्द्रसरोबर–५ का अध्यक्ष चन्द्रबहादुर थोकरका अनुसार साबिक खानेपानी मुहान सुकेपछि गाउँमा खानेपानीको हाहाकार भयो । साह्रै समस्या...
समाजसेवी सुमनको पहलमा लामाद्वारा सिमलटारमा त्रिपाल सहयोग
–जी. न्यौपाने हेटौँडा, २१ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ सिमलटारस्थित नारायणी यातायात व्यवसायी संघको जग्गामा बसोबास गर्दै आएका स्थानीयलाई समाजसेवी कमलचन्द्र सुमनको पहलमा ६६ वटा त्रिपाल वितरण गरिएको छ । हेटौँडा उपमहानगरपालिकामा दर्ता भएको जग्गालाई खाली गर्ने क्रममा त्यहाँ निर्माण गरिएका घर टहरा भत्काइएपछि समस्यामा परेकालाई...
वक्तृत्वकलामा प्रज्वल, विदुर, स्वस्तिका र रुपालाई नगद पुरस्कार
हेटौँडा, २१ जेठ । ४६ औं विश्व वातावरण दिवसको अवसरमा ‘सामुदायिक वनको विकासमा स्थानीय तहको भूमिका’ विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा भुटनदेवी माविका प्रज्वल पुडासैनी प्रथम, बंशगोपाल माविका विदुर घिमिरे दोस्रो, चन्द्रोदय माविकी स्वस्तिका घलान तृतिय र राजदेवी माविकी रुपा...
भिमफेदीमा २ सय वटा कुखुराको चल्ला बरामद
मकवानपुर, २१ जेठ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ बाट २ सय वटा अवैध कुखुराको चल्ला बरामद गरिएको छ । सोमबार प्रहरी चौकी भैँसेबाट खटेको प्रहरी टोलीले हेटौँडाबाट पालुङतर्फ जाँदै गरेको ना ४ ख ६०९१ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा सोही बसको हुटमा लुकाई छिपाई ल्याएको...
भैँसेका फरार राना जिल्ला अदालत पेश
मकवानपुर, २१ जेठ । केहि सार्वजनिक अपराध मुद्दामा जरिवाना तोकी फरार रहेका एक प्रतिवादलाई आज जिल्ला अदालत मकवानपुरमा पेश गरिएको छ । जिल्ला अदालत मकवानपुरको २०७३ जेठ २१ गतेको फैसलाले केहि सार्वजनिक अपराध मुद्दामा रु. १ हजार जरिवाना तोकी फरार रहेका प्रतिबादी साविक भैँसे गाविस वडा नम्बर १ बस्ने...









