नेपालको यस्तो ठाँउ जहाँ पहिलोपटक बस पुग्यो

तु खबर संवाददाता
२०७५ असार ७, बिहीबार ११:३५
file photo

पाल्पा ७ असार । पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो ।

लु १ ख ७७७६ नंका बस चालक कुलबहादुर गाहाले पहिलोपटक गाउँमा बस पु¥याएका हुन् स्थानीयवासीले हर्षित हँुदै बसका चालकलाई फूलमालाले स्वागत गरेका थिए ।

गाउँपालिकाको आव २०७४÷०७५ को मौलेभञ्ज्याङ्ग दर्पुक सडक सुधारका लागि विनियोजित रु ४० लाख बजेटमा सडक चौडा पारिएको छ ।

बगनासकाली गाउँपालिकाको मौलेभञ्ज्याङ्मा आठवर्ष अगाडिदेखि साँघुरो सडक र अप्ठ्यारो घुम्ती छिचोल्दै दैनिकजसो तानसेनसम्म जिप सञ्चालन हुँदै आएपनि सडक चौडा नपारिँदा यात्रुले समस्या भोग्दै आएका छन् ।

सडक चौडा भएसँगै गाउँमा बस पुगेपछि स्थानीयवासीले खुशियालीमा एकअर्कामा अबीरजात्रा गरेका थिए । दर्पुक गाउँमा सीमान्तकृत बोटे समुदायको समेत बाक्लो बस्ती रहेको छ ।

सुधारिएको सडकबाट गाउँमा गाडी पुगेको बगनासकाली गाउँपालिकाका प्रवक्ता एवं वडा ६ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए।

नियमित बस आएपछि आवतजावतमा सहज हुने स्थानीय रामप्रसाद भट्टराईले बताए । गाउँबाट नियमित बस सञ्चालन भएमा सिमाना जोडिएका जिल्ला स्याङ्जाको मालुङ्गा, बेल्टारी, जैपतेलगायतका स्थानीयलाई पनि ठूलो राहत मिल्नेछ ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*