समाचार
गाउँसभाबाट ८ विद्येयक पारित
फलेवास, पर्वत । २३ जेठ (रासस) । पर्वत जिल्लाको महाशिला गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न आठवटा विधेयक पारित भएका छन् । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मतरूपमा विधेयक पारित भएको कार्यपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । गाउँ सभाले प्रशासकीय कार्यविधि नियमित गर्ने...
कुष्ठरोगी खोज्न गाउँ–गाउँमा स्वास्थ्यकर्मी
काँकडभिट्टा, २३ जेठ (रासस) । मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन भनी यकिन गरेर उपचारको निःशुल्क व्यवस्था मिलाइने बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार वडाध्यक्ष र...
पहिरोले स्काभेटर सहित चालक र सहचालक परियो, सहचालकको मृत्यू
ताप्लेजुङ, २३ जेठ (रासस) । ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं।को स्काभेटर पुर्दा चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ का चालक कृष्णप्रसाद कुटुवालको...
भ्रष्टाचार भएको आशंकामा माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाविरुद्ध उजुरी
दोलखा, २३ जेठ (रासस) । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको आंशकामा जिल्लावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीलाई दोलखावासीले कुनै अवरोध सिर्जना नगरी ९२ प्रतिशत काम सम्पन्न गर्नमा सहयोग गरेको तर आयोजनामा भ्रष्टाचार भएको देखिएपछि उनीहरुले यस सम्बन्धी...
विज्ञहरुको सुझाव संकलन गर्दै प्रदेश ७ सरकार
कैलाली, २३ जेठ (रासस) । प्रदेशको समग्र विकास तथा समृद्धिका लागि भन्दै प्रदेश सरकारले यहाँका विज्ञहरुसँग आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रदेशको दिगो विकास एवं समृद्धिको सम्भावना तथा चुनौती विषयकमा विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । प्रशस्त सम्भावना हुँदाहुँदै पनि विकासको सवालमा पछाडि रहेको प्रदेश...
निर्माण व्यवसायीलाई निरुत्साहित गरिएको भन्दै ध्यानाकर्षण
काठमाडौँ, २३ जेठ (रासस) । नेपाल निर्माण व्यवसायी महासंघले मुलुकको निर्माणमा अहोरात्र खटिएका निर्माण व्यवसायीलाई निरुत्साहित गर्ने गरी भइरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका प्रवक्ता विष्णु बुढाथोकीले आज एक विज्ञप्ति जारी गरी निर्माण परियोजना तोकिएको समयमा पूरा नहुनु व्यवसायीको मात्र दोष नभएको भन्दै एकोहोरो ढंगले व्यवसायीलाई...
स्थानीय तहमा खर्च बढी भएको भन्दै मितव्ययिता अपनाउन निर्देशन
काठमाडौँ, २३ जेठ (रासस) । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहमा सार्वजनिक खर्च वृद्धि भइरहेको भन्दै मितव्ययिता अपनाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । मन्त्रालयले ‘समृद्ध नेपाल र सुखी नेपाल’को अभियानलाई सार्थक बनाउनका लागि...
बन्ने भयो सुर्खेतमा प्रदेश स्तरको विमानस्थल
सुर्खेत, २३ जेठ (रासस) । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले अहिले प्रादेशिक विमानस्थल निर्माण गर्ने भएको हो । यसअघि साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित करीब एक दशक अघिदेखि सुर्खेतमा अध्ययन...
मकवानपुरका सबै स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ निर्माण गरिने
मकवानपुर, २२ जेठ । राज्यको पुनः संरचनासंगै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको पनि पुन ः संरचनाको अभियानले तिब्रता पाएको छ । अभियान अन्तर्गत मकवानपुरको दश वटै स्थानीय तहमा सामुदायिक वन उपभोक्ता महासंघ कार्य समिति गठन भएका छन् । जिल्ला तहमा जिल्ला स्तरको महासंघ गठन गरिएको सामुदायिक वन उपभोक्ता महासंघ...
मकवानपुरे पत्रकार मणिराज गौतमलाई रंग पत्रकार पुरस्कार
हेटौँडा, २२ जेठ । मकवानपुरे पत्रकार मणिराज गौतम रंग पत्रकारिता पुरस्कार २०१८ बाट पुरष्कृत भएका छन् । मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना र पावर न्यूज राष्ट्रिय मासिक पत्रिकाको सहकार्यमा नेशनल पावर म्यूजिक अर्वाड २०१८ अन्तर्गत आज काडमाडौंमा सम्पन्न कार्यक्रममा गौतमलाई पुरष्कृत गरिएको हो । उनलाई नगद पाँच हजार सहित...










