समाचार
मकवानपुरलाई औद्योगिक र पर्यटनमा अगाडि बढाउन जोड
हेटौँडा, २४ जेठ । बीरगंजका भारतीय महावाणिज्यदुत बि.सी. प्रधानले मकवानपुरलाई औद्योगिक र पर्यटनमा अगाढि बढाउन सुझाव दिएका छन् । आप्mना विभिन्न परियोजनाहरुको अवलोकन गर्ने क्रममा मकवानपुर आएका भारतीय महावाणिज्यदुतसंग मकवानपुर उद्योग वाणिज्य संघले आज गरेको अनौपचारिक भेट तथा छलफलका क्रममा उनले त्यस्तो सुझाव दिएका हुन् । संघमै भएको छलफलको...
वन उपभोक्ता महासंघ मकवानपुरमा हुण्डीमुण्डीमै समिति चयन, अदालतमा मुद्धा
मकवानपुर, २४ जेठ । हेटौँडा उपमहानगरपालिका सामुदायिक वन उपभोक्ता महासंघको कार्य समिति चयन तथा विभिन्न सामुदायिक वन उपभोक्ता समूहको कार्य समिति चयन गर्दा बैठक पुस्तिकामा निर्वाचन समितिका संयोजकले हस्ताक्षर नगरीकन नै समिति बनाइएको खुलासा भएको छ । सामुदायिक वनको विधान र सांगठनिक नियमलाई हेर्ने हो भने कार्य समिति चयन...
फरार प्रतिवादी मकवानपुर जिल्ला अदालतमा पेश
मकवानपुर, २४ जेठ । वि.सं. २०७० साल साउन २ गते करकाप मुद्धामा जरिवाना तोकी फरार रहेका एक पुरुषलाई बिहीबार जिल्ला अदालत मकवानपुरमा पेश गरिएको छ । जिल्ला अदालत मकवानपुरको फैसलाले करकाप मुद्दामा २ हजार ५ सय जरिवाना तोकी फरार रहेका प्रतिवादी हेटौँडा २ मानसचोक बस्ने ५५ वर्षीय हरिशचन्द्र कँडेललाई...
भत्कनै लागेको स्वास्थ्यचौकीमा बसेर तर्सदै सेवा दिन बाध्य स्वास्थ्यकर्मी
पाल्पा, २४ जेठ (रासस) । निस्दी गाउँपालिका–२ मा रहेको सहलकोट स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रवाहमा समस्या परेको छ । जीर्ण भवनमा बसेर बिरामीलाई सेवा दिन स्वास्थ्यकर्मीलाई अत्यन्तै समस्या छ । झण्डै साढे दुई दशक अगाडि निर्माण भएको स्वास्थ्य चौकीको भवन २०७२ को विनाशकारी भूकम्पले पनि ठूलो क्षति...
प्रदेश ३ को नीति तथा कार्यक्रम आज पारित हुने
हेटौँडा, २४ जेठ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रस्तुत गरिएको प्रदेश नम्बर ३ को आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेशसभा बैठकबाट आज पारित हुने भएको छ । प्रदेशसभा बैठकमा जेठ १८ गते प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । नीति तथा कार्यक्रममाथिको छलफल...
थारु महिला सभामा मायादेवी चौधरीको नेतृत्व
–अनिल प्रित कोल्हबी , २४ जेठ । थारु महिला सभाको अध्यक्षमा मायादेवी चौधरी सर्वसम्मत भएकी छिन् । बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ६ प्रसौनमा सम्पन्न दोश्रो अधिवेशनबाट मायादेवीको नेतृत्वमा ११ सदस्सीय कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा चन्द्रकान्ता चौधरी चयन भएकी छिन् । थारु कल्याणकारिणी...
भोर्लेमा विद्यालयको अनगुमनकालागि पुगे मेयर महत र वडाअध्यक्ष घलान
–चन्द्र घलान हेटौँडा, २३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा अवस्थित विष्णुज्योति आधारभूत विद्यालयमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानको टोली अनुगमनका लागि पुगेको छ । विभिन्न समस्या झेलिरहेको विद्यालयको स्थलगत अनुगमन गरि उचित व्यवस्थापनको उपाय पत्ता लगाउने उदेश्यले...
पदमपोखरीमा जिम क्लब सञ्चालन
–चन्द्र घलान हेटौँडा, २३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी मिलनचोकमा बुधबारदेखि जिम क्लब संचालनमा आएको छ । जिम क्लबको आज एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका छन् । श्रृजनशिल टोल विकास संस्थाका अध्यक्ष लेखराम डिमडुङको अध्यक्षतामा गठित जिम क्लब संचालक समितिले...
पोखरामा ह्वात्तै बढ्यो भारतीय पर्यटकको चाप
–वासुदेव पौडेल पोखरा, २३ जेठ (रासस) । पोखरा– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ...
अस्पताल सुधार्न महानगरपालिकाले कम्मर कस्यो
विराटनगर, २३ जेठ (रासस) । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो । महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ ।...










