हेटौँडामा २५ जना महिलालाई एड्भान्स सिलाई तालिम
हेटौँडा, १२ असार । बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेडको आयोजनामा हेटौँडामा सञ्चालित ३ महिने एडभान्स सिलाई तालिम मंगलबार समापन भएको छ । हेटौँडा उपमहानगर पालिकाको आर्थिक सहयोगमा सहकारीले ३ महिने तालिमको अयोजना गरेको हो ।
सहकारीले आफनो कार्यक्षेत्र भित्र रहेका शेयर सदस्यहरुको आर्थिक अवस्थामा सहयोग हुनुका साथै हरेक महिला शेयर सदस्यहरुलाई सीपमा दक्ष बनाउने उदेश्यले तालिम आयोजना गरिएको जनाएको छ । तालिममा २५ महिलाहरुको सहभागिता रहेको थियो । त्यस्तै ३ महिने तालिममा प्रशिक्षण्क केशरी दहालले प्रशिक्षण दिएका थिए ।

हेटाँैडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विशेष अतिथी जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका कोषाध्यक्ष विजय कुमार बस्नेत, ११ नम्बर वडाका वडा सदस्य जुना दहाल, ११ नम्बर वडाका टोल विकास समन्वय समितीका अध्यक्ष देब कुमार श्रेष्ठ लगातयतले शुभकामना मन्तव्य व्यक्तm गरेका थिए । समापन कार्यक्रम सहकारीका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
