समाचार
प्रदेश १ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिनँ
विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेका छन् । विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदहरुलाई सुझाव दिए । उनले राजनीतिक...
काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरेर मात्र विश्राम लिने सभापति देउवाको दावी
डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिने बताएका छन् । आफ्नो नेतृत्वमा सम्पन्न भएका तीन तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताई संविधान कार्यान्वयनको गतिमा लगेको उनले बताए । कम्युनिष्टहरु एक...
बोल्ट लुब्रिकेन्टद्वारा मेकानिकहरुसँग अन्तरक्रिया
मकवानपुर । सवारीसाधनमा प्रयोग हुने लुब्रिकेन्ट बोल्टले सवारीसाधनका मेकानिकहरुसँग आज छलफल गरेको छ । हेटौंडामा भएको सो छलफल कार्यक्रम बोल्टका मकवानपुरका आधिकारिक विक्रेता मिराज कन्सर्न प्रा.लि र पर्साको लक्ष्मीवति कन्सर्न प्रा.लिले संयुक्त रुपमा आयोजना गरेको हो । मिराज कन्सर्न प्रा.लिका संचालक राजन खरेलले सवारीसाधनमा लुब्रिकेन्ट कसरी प्रयोग गर्ने भन्ने...
समुदायमा अदालत तथा सामाजिक मनोविमर्श विषयक एक दिने छलफल सम्पन्न
मकवानपुर । समुदायमा अदालत तथा सामाजिक मनोविमर्श विषयक एक दिने छलफल तथा अन्तरक्रिया शनिवार सम्पन्न भएको छ । भीमफेदी गाँउपालिका तथा महिला सशक्तिकरण समिति भैँसेको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अदालतको कार्यविधी,सेवा सुविधा,निशुल्क कानुनी सहायता सम्बन्धी विषयमा जिल्ला अदालत मकवानपुरका श्रेस्तादार अनन्तराज मरासिनीले सहजीकरण गरेका थिए । जिल्ला न्यायाधीश षडानन्द...
लोकगीत संगीतमा स्याङ्जालीको वर्चश्व, लोकसंगीतको उर्वर भूमि ‘स्याङ्जा’
-तोलाकान्त बगाले स्याङ्जा, २६ जेठ (रासस) । ‘तिमी एक्लै छौ भन्ने थाहा पाको म स्याङ्जाको मायालु झापाको स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली, लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी) नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका...
बाल विवाहमुक्त प्रदेश बनाउन एकजुट
मकवानपुर, २६ जेठ । प्रदेश ३ सरकारले आगामी २०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउन लिएका लक्ष्यलाई सफल बनाउन आवश्यक कार्ययोजना सहित सरोकारवालाहरुले सघाउ पु¥याउनुपर्नेमा जोड दिएका छन् । मकवानपुरको हेटौंडामा शुक्रबार बाल कल्याण समाज मकवानपुरले बालिका दुलही होइनन्,राष्ट्रिय सञ्जाल नेपालको सहयोगमा आयोजना गरेको ‘बाल विवाह अन्त्यका लागि प्रदेश स्तरिय...
मनहरीमा अपाङ्ग भवनको सुरुवात
मनहरी, २६ जेठ । मनहरी गाउँपालिका ७ रमन्टारस्थित अपाङ्ग स्वावलम्बन जीवन पद्धति केन्द्रको नयाँ भवन शुक्रबार उद्घाटन गरिएको छ । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नयाँ भवनको उद्घाटन गरेका हुन् । अध्यक्ष उप्रेतीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै अपाङ्गता भएकाहरुको खुसीका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले...
अबैध घरेलु मदिरासहित तिनताप्केमा ३ जना पक्राउ
मकवानपुर, २६ जेठ । प्रहरी चौकी लेवटबाट खटेको प्रहरी टोलीलले शनिबार बिहानै हेटौँडा १९ तिनताप्केबाट अवैध घरेलु मदिरा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज २६३८ नम्बरको म्याजिक चालक ३८ वर्षीय गोपाल लामा र म्याजिकमा सवार तिनताप्केका २१ वर्षीया माया लामा...
आफ्नै परिवारबाट बेचिएकी मकवानपुरकी चेली दिल्लीको होममा
मकवानपुर, २५ जेठ । आफ्नै परिवारले परिवारकै सदस्यलाई भारतको कोठीमा बेचेको भन्ने कुरा पत्याउन मुस्किल पर्छ, अझ आफैले जन्माएकी छोरीलाई बेच्ने कल्पनासम्म पनि कसैले गर्न सक्दैन । तर सुन्दा पनि आश्चर्य लाग्ने यस्तो कुकृत्य हाम्रै मकवानपुरमै घटेको छ । कानुनी प्रक्रृयाका लागि नाम ठेगाना गोप्य राखिएको उक्त परिवारले आफ्नी...
आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि हेटौँडामा गोष्ठी
मकवानपुर, २५ जेठ । मकवानपुर जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकारहरुकालागि एक दिने पत्रकारिता क्षमता अभिवृद्धि गोष्ठी आज हेटौँडामा सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको आयोजना तथा हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । गोष्ठीलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)...










