गएराततिको पहिरोले धादिङमा तीनजनाको मृत्यु, दुई बेपत्ता
धादिङ १४ असार । गएराति गएको पहिरोका कारण धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा तीनजनाको मृत्युभएको छ । पहिरोकै कारण दुईजना बेपत्ता भएका छन् भने सात घर पहिरोले पुरिएका छन् ।
दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको राससले जनाएको छ ।
उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको छ । सो पहिरोबाट एकजनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।
