समाचार

आदिवासी जनजाति अगुवाका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम हेटौँडामा शुरु

हेटौँडा, २७ जेठ । आदिवासी जनजातिका जातिय संस्थाहरुका पदाधिकारी तथा अगुवाहरुका लागि २ दिने भाषणकला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम हेटौँडामा आईतबारबाट शुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदको आयोजनामा भएको कार्यक्रममा ३० जना आदिवासी जनजाति समुदायको अगुवाहरुको सहभागिता रहेको छ...

पदमपोखरीको टुटेपानीमा २ टोल विकास संस्था गठन

हेटौँडा, २७ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी टुटेपानीमा शनिबार भएको छुट्टा छुट्टै भेलाले दुई वटा टोल विकास संस्था गठन गरेको छ । टुटेपानीमा सिताराम थिङको नेतृत्वमा गौरब टोल विकास संस्था गठन भएको छ । संस्थाको उपाध्यक्षमा राजु स्याङबो, सचिव राजकुमार थिङ, सह–सचिव इन्तुमाया थिङ र...

दिया र कृशलले जिते एसइइ मोडल हन्टको उपाधि

काठमाडौँ, २७ जेठ । यस वर्षदखि सुरु भएको पहिलो संस्करणको एसइइ मोडल हन्ट २०१८ को उपाधि दिया श्रेष्ठ र कृशल श्रेष्ठले जितेका छन् । प्रतियोगितामा सहभागी ५० जना प्रतिस्पर्धीलाई पछाडी पार्दै तनहुँकी १४ बर्षिया दिया श्रेष्ठ र बनेपा साँगाका १६ बर्षिय कृशल श्रेष्ठले उपाधी हात पार्न सफल भएका हुन्...

पदमपोखरी बानियाँ चोकमा आगलागी, करिब १३ लाख क्षति

मकवानपुर, २७ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बानियाँ चोकस्थित नवराज थिङको घरमा शनिबार आगलागी हुँदा करिब १३ लाख बराबरको क्षति भएको छ । प्रहरीका अनुसार बिजुली सर्ट भई आगलागी हुँदा नगद ५ लाख, घर, अन्नपात, भाँडावर्तन लगायत जलेर १२ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल क्षति...

कुख्रेनी खोलामा बालुवा चाल्ने श्रेष्ठको सुतेकै ठाउँमा ज्यान गयो

मकवानपुर, २७ जेठ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ र वडा नम्बर १३ पदमपोखरीको सिमानामा रहेको कुख्रेनी खोलामा बालुवा चाल्ने काम गर्दै आएका एक पुरुषको सुतेकै ठाउँमा ज्यान गएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भँैसे घर भई कुख्रेनी खोलामा बालुवा,गिट्टी चाल्ने काम गर्दै आएका ३४ बर्षीय बिशाल श्रेष्ठ आईतबार...

गाँजा र १ नाल भरुवा बन्दुक सहित ज्यामिरेबाट एक जना पक्राउ

मकवानपुर, २७ जेठ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी हटियाबाट प्रहरी सहायक निरिक्षक हिरा लाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुरको बकैयाबाट आईतबार बिहान १ जनालाई नियन्त्रणमा लिएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिरेमा बस्ने ४० वर्षीय सन्त जिम्बाको घर खानतलासी गर्दा प्लास्टीकको २ वटा बोरामा...

हेटौँडा बसपार्कबाट दुई युवक पक्राउ

हेटौँडा, २७ जेठ । २ सय ६४ एम्पुल लागुऔँषधसहित मकवानपुरको हेटौँडा बसपार्कबाट आईतबार बिहान दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौँडा १० बसपार्कबाट नुवाकोटको बखगाउँ गाउँपालिका वडा नम्बर ८ बस्ने ३९ वर्षीय उमेश अर्जुनबहादुर प्याकुरेल र...

हेटौँडामा बिहानै भेटियो ८० लिटर मदिरा

हेटौँडा, २७ जेठ । मकवानपुरको हेटौँडामा आईतबार बिहानै ८० लिटर तयारी घरेलु मदिरा बरामद भएको छ । आज बिहान करिब साढे ५ बजे अस्थाई प्रहरी पोस्ट मकवानपुरबाट खटेको प्रहरी टोलीले हेटौँडा १५ हरियालीबाट बेवारिसे अवस्थामा रहेको घरेलु मदिरा बरामद गरेको हो । मदिरा नष्ट गर्ने प्रकृया अघि बढाइएको जिल्ला...

कोल्हवीमा नवदिपको तेश्रो अधिवेशन तथा सातौँ साधारण सभा सम्पन्न

–अनिल प्रित कोल्हवी, २७ जेठ । बाराको कोल्हवी नगरपालिका वडा नंं. ४ सपहीमा शनिबार नवदिप सामुदायिक बिद्युत उपभोक्ता समितिको तेश्रो अधिवेशन तथा सातौं साधारण सभा सम्पन्न भएको छ । कोल्हवी नगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष भेष बहादुर ढकालको सभाध्यक्षता तथा कोल्हवी नगर उप–प्रमुख सुनैना देवी थरुनीको प्रमुख...

निर्माण व्यवसायीमाथि भएको धरपकडको मकवानपुरबाट बिरोध

मकवानपुर, २६ जेठ । निर्माण व्यवसायीहरुमाथि केही समययता सरकारले गरेको धरपकड र दुःख दिने कार्यप्रति निर्माण व्यवसायी संघ मकवानपुरले विरोध जनाएको छ । सरकारका निकाय र कतिपय नीतिका कारण सार्वजनिक निर्माणमा समस्या भएको भन्दै संघले निर्माण व्यवसायीमाथि अनावश्यक आरोप लगाएर सरकारले त्रासको वातावरण सिर्जना गरेको भन्दै विरोध गरिएको हो...