संगालोको १४ औँ साधारण सभामा बिद्यार्थी र सवाजसेवी सम्मानित
मकवानपुर १४ असार । मकवानपुरको हेटौँडा ७ न्युरेनी चिसापानिमा रहेको संगालो टोल विकास संस्थाको १४ औँँ साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष वेद प्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर समन्वय समिति टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष धुर्व अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष वेद प्रसाद भट्टराईले संस्थाको आर्थिक वर्ष २०७३ ,०७४ को प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुजित पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कुल २ सय ७४ सदस्य संख्या रेहेको संस्थाको कुल बचत रकम २३ लाख, ३४ हजार ८ सय ९२ रहेको छ ।
साधारण सभा कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष छत्र बहादुर लामिछाने , वडा नम्बर ७ का वडा सदस्य कृष्ण दाहाल, पशुपति मन्दिर समितिका अध्यक्ष केदार मिश्र लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मार्फत टोलमा सहयोग गर्ने व्यवसायी, समाजसेवी विद्यार्थीलाई सम्मान गरिएको थियो ।
