समाचार
राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित
काठमाडौँ, २७ जेठ (रासस) । राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली,...
खाल्डोमा जमेको पानीमा डुबेर १६ वर्षीय किशोरीको मृत्यू
बर्दिवास, महोत्तरी, २७ जेठ (रासस) । महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ । बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा...
‘स्वास्थ्य बिमा गरे पनि सेवा पाइएन’–नागरिक
सोलुखुम्बु, २७ जेठ (रासस) । सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ । सेवा नपाउनेमा सर्वसाधारणदेखि जनप्रतिनिधिसमेत रहेका छन् । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले आफैँले स्वास्थ्य बीमाको शुभारम्भ गरेको भए पनि...
११ जना जुवाडे पक्राउ, १ लाख रकम बरामद
पोखरा, २७ जेठ (रासस) । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ...
घाँस काट्न रुख चढ्दा लडेर मृत्यू
पर्वत, २७ जेठ (रासस) । पर्वतको मोदी गाउँपालिका-६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु भएको हो । विगत एक महिनादेखि स्थानीय दिलमाया नेपालीको घरमा बस्दै आएका...
ढोकाको आग्लो प्रहार गर्दा एकको मृत्यू, प्रहारकर्ता र श्रीमती प्रहरी नियन्त्रणमा
पर्वत, २७ जेठ (रासस) । फलेवास नगरपालिका–२ थापाठानामा ढोकामा लगाउने आग्लो प्रहार गरेर एक जनाको मृत्यु भएको छ । स्थानीय थापाठाना बजारका विनोदविक्रम कुँवरको आग्लो प्रहारबाट शंकरपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए । मादकपदार्थ सेवन गरेका...
विप्लब नेतृत्वको नेकपा इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरीमाथि इट्टा बर्सियो
चितवन, २७ जेठ (रासस) । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको...
अब पशुपति क्षेत्र पुरै हरियो, ५ हजार बिरुवा रोपिने
काठमाडौँ, २७ जेठ (रासस) । विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ । अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरे । अभियान शुभारम्भसँगै मृगस्थली जंगल...
ठोरीमा ३ दिने पत्रकारीता तालिम हुँदै
पर्सा, २७ जेठ । पर्साको ठोरीमा ३ दिने पत्रकारीता तालिम जारी छ । शनिबारदेखि ठोरी गाउपालिकाको आर्थिक सहयोगमा प्रदेश मिडिया प्रा.लिले विजयवस्तीमा ३ दिने तालिम शुरु गरेको हो । नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय विजयवस्तीमा आयोजित जनजाती युवाका लागि ३ दिने पत्रकारिता तालिमको ठोरी गाउँपालिका वडा नम्बर ४ का वडा...
आमाबुवाको नाममा अधिकारीले व्यवस्था गरे गर्मीमा विद्यार्थीलाई जारको पानी
मकवानपुर, २७ जेठ । हेटौंडा–२ मानसचोकस्थित आशिष किराना स्टोर्सका सञ्चालक राजन अधिकारीलेमनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिकालाई कक्षाकोठामा पिउने पानी व्यवस्था गरिदिएका छन् । उनले बालबालिकालाई कक्षा कोठामा पानी खानका लागि ११ सेट डिस्पेन्सरी सहितको जार सहयोग गरेका हुन् । विद्यालयमा खानेपानीको व्यवस्था नभएको र गर्मी याममा पानी खानका...










