समाचार

योजना मन्त्री ढुङ्गेलको हेटौँडामा उद्घोष–गल्ती गर्ने निर्माण व्यवसायीलाई कारवाही हुन्छ

मकवानपुर, २८ जेठ । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गल्ती गर्ने निर्माण व्यवसायीलाई कारबाही हुने बताएका छन् । आइतबार मकवानपुर उद्योग बाणिज्य संघ र सनराइज बैंक हेटौंडाको संयुक्त आयोजनामा भएको आधारभूत लेखा तथा कर नीति अभिमुखिकरण तालिमको उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री...

अध्यक्ष श्रेष्ठको उद्घोष–‘ठोरीलाई नमुना गाउँपालिका बनाउँछु’

ठोरी, २८ जेठ । ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल श्रेष्ठले ठोरीलाई नमुना गाउँपालिका बनाउने बताएका छन् । ठोरीको विजयवस्तीमा सोमबारदेखि शुरु भएको युवाका लागि लागु औषध दुव्र्यसनी विरुद्धको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले अबको ४ बर्षमा ठोरीलाई नमुना बनाउने प्रतिवद्धता जनाएका हुन् । बिभिन्न समयमा आयोजना हुने यस्ता अभिमुखीकरण...

Padampokhari Aaglagi Sahayog-Tukhabar

आगलागी पीडितलाई महेन्द्र मावि पदमपोखरीका विद्यार्थी र शिक्षकको सहयोग

–चन्द्र घलान मकवानपुर, २८ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीका आगलागी पीडित परिवारलाई महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सक्रियतामा सहयोग प्रदान गरिएको छ । पदमपोखरीको बानियाँ चोकका आगलागी पीडित नवराज थिङलाई विद्यार्थी र शिक्षकहरुको सक्रियतामा संकलन गरिएको ११ हजार ७ सय रुपैयाँ रकम हस्तान्तरण गरिएको हो...

शिक्षकमाथि नै विद्यार्थीको निगरानी, नपढाउने शिक्षकको रेकर्ड विद्यार्थीको हातमा

पर्वत, २८ जेठ (रासस) । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग...

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिन विद्यालयमा अक्षयकोष स्थापना

म्याग्दी, २८ जेठ (रासस) । म्याग्दी धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा रु एक लाख ७५ हजारको अक्षयकोष स्थापना भएको छ । विद्यालयमा हरेक वर्ष उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त अक्षयकोषको स्थापना गरिएको हो । अक्षयकोषमा विद्यालयका पूर्वअध्यक्ष सुवेदार तुलबहादुर घ्याप्चन छन्त्यालले आफ्नो स्व...

बोलेरो दुर्घटनामा दुईको मृत्यु, ८ जना घाइते

दोलखा, २८ जेठ (रासस) । दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब...

सम्पत्ति विवरण नबुझाउने १६ सय जनप्रतिनिधिलाई कारवाही

काठमाडौँ, २८ जेठ । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधिलाई कारवाही प्रक्रिया अगाडि बढाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको आजको नागरिक दैनिकमा समाचार छ । अख्तियारका प्रवक्ता रामेश्वर...

ठेकेदारको लापरबाहीले झोलुंगे पुल योजना अलपत्र, तुईनबाटै वारपार

गोरखा, २८ जेठ । ठेकेदारको लापारवाहीले झोलुङ्गे पुल योजना अलपत्र परेपछि गोरखामा बासिन्दाहरु तुईनबाट आहोरदोहोर गर्न बाध्य भएका छन् केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई वर्षभित्र तुइनमुक्त पार्ने घोषणा गरेका थिए । तर, उनको घोषणा ठेकेदारले तुहाइदिएको आजको कान्तिपुर दैनिकमा समाचार छ । तीन वर्ष बित्न लाग्दासमेत विकट भेगका...

आलुको भरमा विद्यार्थी पढाउँदै शिक्षक

जुम्ला, २८ जेठ । निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जुम्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै गर्दै आएको छ । पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको आजको नागरिक दैनिकमा समाचार छ । पाँच रोपनीमा आलुखेती गरिएपछि निजी...

राक्सिराङबाट २ युवक लागुऔषध सहित पक्राउ

मकवानपुर, २८ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट लागुऔषध गाँजासहित सोमबार राति २ पुरुषलाई पक्राउ गरिएको छ । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ७ का ३९ वर्षीय मानबहादुर मोक्तान र चितवनको राप्ति नगरपालिका वडा नम्बर १२ बस्ने ४० बर्षीय बिरबहादुर मोक्तानलाई पक्राउ गरेको हो । सोमबार राति करिब १ बजेको...