मकवानपुरको मनहरीमा बाल समुह योजना तर्जुमा गोष्ठी

तु खबर संवाददाता
२०७५ असार १६, शनिबार ०८:०९

मकवानपुर १६ असार । मकवानपुरको मनहरी गाउँपालिकामा बाल समुह योजना तर्जुमा गोष्ठी गरिएको छ । गाउँपालिकालाई बालमैत्री बनाउने उद्देश्यलाई सहयोग गर्न श्रृजनशील युवा क्लबले कार्यक्रम आयोजना गरेको हो ।

गाँउपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा साबिक हाँडीखोला र मनहरीका बालक्लबका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो । असार १० गते बिहिवार गाउँसभाले नीति तथा कार्यक्रम जारी गरिसकेको र बालमैत्री गाउँपालिका घोषणा गर्न सबैले सहयोग गर्नु पर्ने उपाध्यक्ष बिष्टले बताइन् ।

२०७६ मंसिरभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने योजना तयार भएको, गाउँसभाले बार्षिक कार्ययोजना निर्माण गरेको सरकारी गैरसरकारी निकायबीच सहकार्य गरी अभियान पूरा गर्न उपाध्यक्ष बिष्टले आग्रह गरिन् । बालबालिकाकै नेतृत्व र सहभागितामा कार्याक्रम संचालन गर्न जरुरी रहेको उपाध्यक्ष बिष्टले बताईन । कार्यक्रम क्लबका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्लान इन्टरनेशनल नेपाल विकास संयोजक हरि भण्डारी, पशुपतिनाथ माविका प्रअ भानुभक्त आचार्य र बालकल्याण समाज मकवानपुरका रामप्रसाद दाहालले सृजनशील युवा क्लबले बालश्रम, बालबिबाह, बालदासता न्यूनीकरण, भर्ना अभियान प्रभावकारी बनाउन, बाल समूहहरुको सक्रियता बृद्धि गर्ने कार्ययोजना तयार गर्न सुझाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*