हेटौँडामा प्रोजियोकेम कम्पनीका मजदुरहरुको आक्रोश : हामीलाई जबरजस्ती बेरोजगार बनाउन खोजियो (भिडियो)

तु खबर संवाददाता
२०७५ असार १६, शनिबार १३:२६
Featured Video Play Icon

-बलराम पुडासैनी
मकवानपुर १६ असार । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको प्रोजियोकेभ नामक उद्योगले आफ्ना मजदुरहरुलाई अचानक अन्य जिल्लामा सरुवा भई काम गर्नको लागि धम्कीपुर्ण व्यवहार देखाएको भन्दै मजुदुरहरुले उद्योगलाई २ दिने अल्टिमेटम पत्र बुझाएका छन् ।
मजदुरहरुको संगठन अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले हिजो शुक्रबार अल्टिमेटम पत्र कम्पनीमा बुझाएको छ । अल्टिमेटम पश्चात आज शान्तिपुर्ण प्रदर्शन समेत गरेको छ ।
अल्टिमेटम पत्रमा उल्लेख भए अनुसार उद्योगले आफ्ना मजदुरहरुसंग विना छलफल, धम्कीको शैलीमा कम्पनीको नन ओ ओभन प्लान्ट नामक मेसिन समेत अन्यत्र जिल्लामा सार्ने भन्दै उद्योगले जेष्ठ ३१ गते मजदुरहरुलाई जानकारी गराएको थियो । सोहि पत्रका अनुसार उद्योगमा कार्यरत २४ जना मजदुर मध्ये १६ जना मजदुरलाई बाराको परबानिपुर गाउँपालिकामा गएर काम गर्नको लागि धम्कीपुर्ण आदेश आएको संघले गुनासो गरेको छ ।

त्यसो त उद्योगले केहि दिनमानै ईमोल्सन नामक मेसीन ल्याउदैँ गरेको जानकारी दिएको छ । साथै कामदारहरु पनि करीब ३० जनाको हाराहारीमा आवश्यक रहेको जनाएको छ । तर मकवानपुरमा नै हाल कार्यरत मजदुरहरुलाई चै अन्य जिल्लामा पठाउन खाजेकोले अन्य जिल्लामा आफुहरुलाई नसार्न मजदुरहरुको भने जोडदार माग छ ।

अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजुदुर संघ प्रोजियोकेभ प्रा लि ईकाई कमिटीका अध्यक्ष थल प्रसाद गौतमका अनुसार कम्पनीले विभिन्न बाहानामा आफुहरुलाई रोजगार मुक्त गराउन खोजेको बताए । उनले कम्पनीले आफुहरुलाई असार १६ गते भित्रमा यस बिषयमा छलफल गरी रोगगारीको ज्ञारेन्टी नगरे असार १७ गतेबाट पुर्ण रुपमा आन्दोलनमा जाने बताए ।
मजदुरहरुले आफुहरुलाई अन्य जिल्लामा गएर काम गर्दा कम्पनीको तलबले धान्न निकै सास्ती भएकोले मकवानपुरका मजदुरहरुलाई मकवानपुरमै राख्नको लागि मकवानपुरको प्रशासन र श्रम कार्यालयमा समेत जानकारी गराईसकेको बताए ।
तु खबरले यस बिषयमा जानकारीका लागि उद्योगका कार्यकारी प्रमुख शैलेश लामिछानेलाई निकै पटक फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*