समाचार

बेलब्रिज खोलेपछि छुनै नसकिने भयो बजार भाउ

गाइघाट, ३१ जेठ (रासस) । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा पानीको बहाव बढेपछि बेलिब्रिज खोलिएको छ । अठार दिनअघि बेलिब्रिज खोलेपछि अहिले जिल्लाको उत्तरी पहाडी क्षेत्र र खोटाङको तल्लो दक्षिणी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले वृद्धि भएको छ । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीको बेलिब्रिज खोलेसँगै यस क्षेत्रमा...

पोखरामा यसरी बन्दैछ क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, धमाधम सामान ल्याउन शुरु

-वासुदेव पौडेल पोखरा, ३१ जेठ (रासस) । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ । निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ...

प्रदेश नम्बर ३ को बजेट भोलि हेटौँडामा सार्वजनिक हुँदै

हेटौँडा, ३१ जेठ (रासस) । प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्नुहुने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,...

कमलरी बालिका अझै मालिकको कब्जामा, उद्वार गर्न माग

कञ्चनपुर, ३१ जेठ (रासस) । कञ्चनपुरका मुक्त कमलरीहरुले अवैधरुपमा काममा लगाइएका कमलरीको उद्धार गर्न माग गरेका छन् । मुक्त कमलरी विकास मञ्चमा आबद्ध मुक्त कमलरीले अवैधरुपमा घरेलु कामदारका रुपमा राखिएका कमलरी बालिकाहरुको उद्धार गर्न माग गरेका हुन् । ‘सरकारले कमलरी प्रथाको अन्त्यको घोषणा गरेपनि केही मालिकहरुले अवैधरुपमा घरमा राखेका...

सांसदको खर्च घटाउन माग गरेपछि प्रतिनिधिसभामा खैलाबैला

काठमाडौँ, ३१ जेठ (रासस) । विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छ जना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् । पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद डा.मीनेन्द्र रिजालले आगामी...

मकवानपुर प्रहरीमाथि जनताको आक्रोश–‘हाम्रो रगत, पसिना नष्ट गरेर के पायौ ?’

मकवानपुर, ३० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी लोकेन्द्र श्रेष्ठको आगमन भएसँगै मकवानपुरे जनताको आक्रोश बढ्दै गएको छ । तुलनात्मक रुपमा केही सही काम गरेको भए पनि उनको टोलीले जानकारी र सूचना नै नदिई मकवानपुरे जनताले नजानीकन गरेको गल्तीमा समेत सच्चिने मौका नदिएको आरोप...

असार १ गतेदेखि हेटौँडामा निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम हुँदै

मकवानपुर, ३० जेठ । जिल्ला युवा समितिको कार्यालय मकवानपुरको आयोजनमा मकवानपुरको हेटौँडामा आउँदो असार १ गतेदेखि ‘१ महिने निःशुल्क गहुँको छ्वाली हस्तकला तालिम’ सञ्चालन हुने भएको छ । राष्ट्रिय युवा परिषदको लोपोन्मुख परम्परागत सिप युवा पुस्तामा हस्तान्तरण कार्यक्रम अन्तर्गत हुन लागेको तालिममा सहभागी हुन यही जेठ मसान्त (जेठ ३१...

बकैयामा जनप्रतिनिधिलाई नेकपाको कडा चुनौति, यस्तो गरियो माग

मकवानपुर, ३० जेठ । जनप्रतिनिधिहरु भ्रष्टाचारी र कमिसनखोरी जनप्रतिनिधिलाई खारेज गर्दै जनसत्ता संचालनमा रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले बकैया गाउँपालिकामा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको छ । नेकपाका बकैया इन्चार्ज प्रल्हादले बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाललाई बुधबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा...

मनहरीमा संरक्षण समितिको अनुगमन, कानुन बिपरित बालबालिकालाई श्रममा लगाउँदै व्यवसायी

मनहरी, ३० जेठ । मनहरीका होटल तथा ब्यापारिक प्रतिष्ठानहरुमा अबैधानिक रुपमा बालबालिकाहरुलाई काममा लगाइएको पाइएको छ । गाउँ बाल संरक्षण समिति मनहरीले विश्व बाल श्रम बिरुद्धको दिबसका अबसर पारेर मनहरी बजारमा गरेको अनुगमनका क्रममा ८ जना बालबालिकाहरुलाई विभिन्न होटल, लज तथा अन्य ब्यापारिक फर्महरुमा अबैधानिक रुपमा काम लगाइएको पाइएको...

हेटौँडामा दोश्रो नानी संकलन, श्रेष्ठ बने दोस्रो आँखा दानी

हेटौँडा, ३० जेठ । हेटौँडामा दोश्रोे पटक आँखाको नानी संकलन गरिएको छ । हेटौँडा ५ निवासी प्रेमलाल श्रेष्ठ र टिकालाल श्रेष्ठले आफ्ना पिता स्वर्गीय सर्गलाल श्रेष्ठको आँखाको नानी दान गरेका हुन् । हेटाँैडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा सुरक्षित राखेका छन् । उक्त नानी आवश्यक अन्य...