छतिवनका लामिछाने ११ वर्षपछि जेल चलान
मकवानपुर, १८ असार । मकवानपुरको साविक छतिवन गाउँ विकास समिति वडा नम्बर ४ हात्तिखोला बस्ने सिताराम लामिछाने फरार भएको ११ वर्षपछि भिमफेदी जेल चलान भएका छन् ।
जिल्ला अदालत मकवानपुरको वि.सं. २०६४ पुस १ गतेको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय तोकी फरार रहेका लामिछानेलाई यही असार १४ गते बाराको निजगढबाट पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा पेश गरिएको थियो ।
अदालतबाट उनलाई बाँकी रहेको कैद २ महिना ४ दिन भुक्तानको लागि कारागार कार्यालय भिमफेदीमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
