मकवानपुर प्रहरीले गर्यो फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार ११:२२

मकवानपुर १८ असार । चोरी मुद्दाको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरी जेल चलान गरेको छ ।

फरार प्रतिवादी मकवानपुरको हेटौंडा ६ निवासी विनय अधिकारीलाई प्रहरीले असार १६ गते पक्राउ गरेको थियो । जिल्ला अदालत मकवानपुरको २०६९पुस १७ गते को फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद र ९६ हजार ७ सय ५० जरिवाना तोकेता पनि प्रतिवादी अधिकारी फरार थिए ।
उनको बाँकी कैद भुक्तानको लागि २९ दिन मात्र बाँकी रहेको र उनलाइ बाँकी कैदका लागि भिमफेदी कारागारमा रिफर गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*