बाढीको पूर्व सूचनाका लागि यसो गर्नुहोस्

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार १३:२६

मकवानपुर, १८ असार । नेपाल सरकार जनसंख्या तथा वातारण मन्त्रालय अन्तर्गत जल तथा मौसम विज्ञान विभागले वर्षातका समयमा बाढी पहिरोबाट सजग रहनका लागि विभिन्न फोन नम्बरहरुबाट सूचना पाउन सक्ने व्यवस्था गरेको छ । तपाईंको नजिकैको खोलामा पनि बाढी आउँदै छ कि ? यसरी थाहापाउनुहोस् :
–११५५ टोल फ्री नम्बरमा असार, साउन, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस् र बाढीका बारमो सोध्नुहोस् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।
– तपाईं बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्क रहनुहोस’ भन्ने अभिप्रायको एसएमएस पनि आउन सक्छ । यसरी प्राप्त सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला ।

–तपाईं मोवाइल, ल्यापटप वा कम्प्यूटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने धधध।जथमचययिनथ।नयख।लउ लग अन गरी हेर्नुहोस् । त्यहाँ आगामी २४ घण्टासम्मको बाढी भविष्यवाणी अपडेट भइराखेको हुन्छ छ । कुन नदीमा कती बहाब छ, कहाँ कती पानी परिराखेको छ भन्ने जान्न च्ष्खभच ध्बतअज र च्बष्लाबिि ध्बतअज हेर्नुस् ।

–बाढी सूर्व सूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोका जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा फोनसमेत गर्न सक्नुहुन्छ ।

– वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बसाल्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*