चरम भ्रष्टाचार भएपछि खरिदारले गरे एसपी र सिडियोले खाएको घूसको खुलासा
मकवानपुर १८ असार । भ्रष्टाचारको घटनाहरु पछिल्लो समय निकैनै बढेको विविन्न तत्थ्यहरुले जनाएको छ । साथै भ्रष्टाचारको विरुद्ध आवाज उठाउनेहरु पनि आजभोलि सक्रिय हुन थालेका छन् । जसको एक उदाहरण हुन् जिल्ला प्रशासन कार्यालय काभ्रेका एक खरिदार । उनले सीडीओ र एसपीलाई पैसा खुवाएको पोल खोलेका छन् । उनले एक व्यक्तिसँग गरेको फोनमा यस्तो पोल खोलेका हुन् ।
काभ्रे जिल्लाको सबैभन्दा महँगो माला भनेर चिनिने फोईको बुद्धचित्त माला सीडीओ र एसपीलाई नमिलाई कसैले पनि टिप्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदारले आर्थिक लेनदेनको पोल खोलेका हुन् ।
चरम भ्रष्टाचार भएको थाहापाएपछि खरिदारले गरे एसपी र सिडियोले खाएको घूसको खुलासा
रातोपाटीमा प्रकाशित समाचार अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार विश्वराज मैनालीले सत्यमान लामा समूहका भीम तामाङले प्रजिअ र एसपीलाई पहिलो चरणमा १२ लाख बुझाएको बताएका छन् ।
मैनालीले अर्का एक व्यक्तिसँग नाम गोप्य कुरा गर्दै भनेका छन्, भीमले सीडीओ सा’ब र एसपीलाई १२ लाख बुझाएको छ । त्यसरी बुझाएको पैसा माला टिप्न नपाए पनि फिर्ता माग्ने हिम्मत कसको हुन्छ ।
जिल्ला प्रशासन कार्यालयका खरिदारले आफ्नो नाम बेचेर मोलतोल गरेको बारे छानविन गर्ने प्रजिअ कृष्णबहादुर राउतले बताएका छन् ।
