भुमि अधिकार मञ्च मकवानपुरमा श्रेष्ठको नेतृत्व

तु खबर संवाददाता
२०७५ असार १८, सोमबार ११:०७
dav

मकवानपुर १८ असार । जिल्ला भुमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा यज्ञबहादुर श्रेष्ठ सर्वसहमत चयन भएका छन् । मञ्चको आईतबार हेटौंडामा भएको छैठौं जिल्ला सम्मेलनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा धनबहादुर रेग्मी, सचिवमा मीरा स्याङ्गतान, कोषाध्यक्षमा डोल्मा स्याङ्वो, सहसचिवमा राजनप्रसाद फुयाँल चुनिएका छन् । त्यस्तै समितिको सदस्यहरुमा ठुलीमायाँ मोक्तान, सुर्यबहादुर सापकोटा, सुष्मा भुलुन, जयबहादुर वाईबा, सवालसिं थिङ्ग, भगवती चौलागाई, देवकृष्ण थोकर र टंकप्रसाद चौलागाई रहेका छन् ।

कार्यक्रम प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्य तथा जिल्ला भुमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष टंकप्रसाद चौलागाईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला भुमि अधिकार मञ्च मकवानपुरकी कोषाध्यक्ष डोल्मा स्याङ्वोले आर्थिक प्रतिवेदन र सचिव मीरा स्याङ्गतानले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । कार्यक्रममा प्रदेश ३ का साँसद प्रेमबहादुर पुलामी, राष्ट्रिय भुमि अधिकार मञ्चकी महासचिव सरस्वती सुब्बा, राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय सदस्य महानन्द सापकोटा, आत्म निर्भर सेवा केन्द्रका जिल्ला पैरवी संयोजक राम शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं. २०६५ मा गठन भएको जिल्ला भुमि अधिकार मञ्चले मकवानपुरमा गरिब, सुकुम्बासी, ऐलानी, अंकडा, साना किसान, भुकम्प तथा बाढी पीडित र विस्थापित भुमिहिन किसानहरुको सामाजिक न्याय, मर्यादित जीवनका लागि सुरक्षित बास, भुस्वामित्व र खाद्य अधिकारका लागि शान्तिपूर्ण आन्दोलन तथा अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*