नारायणी नदीमा खतरा, बबई नदीमा पनि जोखिम
काठमाडौँ, १८ असार । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचना शाखाका अनुसार पश्चिम नेपालको नारायणी नदी र बबई नदीमा जोखिम बढेको छ । पानीको सतह बढेसँगै नारायणी नदीको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ ।
नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साँढे ३ मिटर पुगिसकेको छ । यसैगरी बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । खतराको जानकारी दिन साइरन समेत बजाइएको छ ।
कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ ।
