समाचार
कोल्हवीमा मोबाईल ब्यवसायीमाथि धारिलो हतियार प्रहार
–अनिल प्रित कोल्हवी, ३० जेठ । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ कोल्हवी बजारमा मोबाईल पसल व्यवसाय गर्दै आएका एक व्यवसायीमाथि धारिलो हतियार प्रहार भएको छ । मंगलबार राति व्यवसायी सत्य नरायण चौधरीमाथि धारिलो हतियार प्रहार भएको हो । बारागढि गाउँपालिका वडा नम्बर ५ सिहासनी टोलमा बस्ने चौधरीलाई मंगलबार...
हेटौँडामा तास खेल्ने ५ जना पक्राउ
मकवानपुर, २९ जेठ । पैसाको हारजीत हुने गरी तास खेलेको भन्दै वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडाबाट आज ५ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा पैसाको हारजित हुने गरी बाजी थापी जुवा तास खेली रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...
हेटौँडाका फरार कँडेल प्रहरी नियन्त्रणमा
मकवानपुर, २९ जेठ । सवारी मुद्धामा जरिवाना तोकी फरार रहेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय दिपराज कँडेललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । कँडेललाई २०७३ बैशाख ३० गते जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्दामा जरिवाना तोके बमोजिमको बाँकी रहेको ७ हजार जरिवाना नतिरी फरार...
मकवानपुरमा दर्ता भइ नविकरण नभएका संस्था १५ दिनपछि खारेज हुने
मकवानपुर, २९ जेठ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भई नविकरण नभएका गैरसरकारी संस्थाहरु १५ दिनपछि खारेज हुने भएको छ । कार्यालयले १५ दिनभित्र नविकरण गराउन सूचना जारी गर्दै नविकरण नभएमा खारेजी प्रकृयामा जाने बताएको हो । प्रशासनले सोमबार सूचना निकालेर प्रशासन कार्यालयमा दर्ता भई नविकरण नभएका गैरसरकारी संस्थाहरुलाई...
हेटौँडामा काँग्रेसीजनको दौडधुप शुरु, जिल्ला सभापतिहरुको भेला तयारी तिब्र
मकवानपुर, २९ जेठ । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारीका लागि मकवानपुरको हेटौँडामा दौडधुप शुरु भएको छ । आउँदो असार ५, ६ र ७ गते ३ नम्बर प्रदेश राजधानी हेटौँडामा हुने भेलाको तयारी तिब्र पारिएको हो । भेलाका लागि विभिन्न समिति गठन गरेर प्रचारप्रसार तथा तयारी तिब्र गतिमा...
मकवानपुरबाट हराएका १५ मोबाईल फोन मोबाईल धनीलाई फिर्ता
मकवानपुर, २९ जेठ । मकवानपुर प्रहरीले एक महिनाभित्र मकवानपुर जिल्लाको विभिन्न स्थानबाट हराएका र चोरी भएका १५ बटा मोबाइल फोन मोबाईल धनीलाई फिर्ता गरिदिएको छ । प्रहरीले फेला पारेका ४० वटा मोबाईल मध्ये १५ वटा फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले आईफोन, सामसुङ, नोकीया, लाभा,...
प्रकृति संरक्षण कोषबाट मकवानपुरका ५ वन उपभोक्ता समूहलाई आर्थिक सहयोग
मकवानपुर, २९ जेठ । मकवानपुरका ५ वटा सामुदायिक वन उपभोक्ता समूहलाई चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक सहयोग प्रदान गरेको छ । कोषले हेटौँडा–६ मा रहेको रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन, हेटौँडा–१ मा रहेको सुन्दर सामुदायिक वन र हेटौँडा–१७...
चट्याङपछि आगलागी हुँदा बकैयामा घर जल्यो
मकवानपुर, २९ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङपछि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । उक्त स्थानका स्थानीय शुक्रबहादुर घलानको घर चट्याङपछि आगलागी हुँदा जलेर नष्ट भएको वडा अध्यक्ष टंकध्वज लोप्चनले जानकारी दिए । मंगलबार बिहान १ बजेतिर परेको चट्याङबाट आगलागी हुँदा...
मेरो कामको मूल्याकंन नागरिकले गर्छन् : पाण्डे
मकवानपुर । हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले आफू हेटौंडा रहँदा गरेको कामको मूल्याकंन यहाँका नागरिकले गर्ने बताएका छन् । हेटौंडाबाट सरुवा भई अर्घाखाँचीको जिल्ला समन्वय समिति गएका उनलाई उपमहानगरपालिकाले बिधाई गरेको थियो । सो बिधाई कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्दा आफूले यहाँको...
भारतमा बेचिएका आमा–छोरा शक्ति समुहमा, आफ्नै श्रीमानले यसरी बेचे
मकवानपुर, २८ जेठ । भारतको बैंगलोरमा बेचिएकी एक महिला र उनको २ बर्षीय छोराको उद्वार गरिएको छ । मध्य पश्चिम घर भएकी १८ बर्षीया महिलालाई छोरासहित उनकै श्रीमानले ४ महिना अघि बैँगलोरस्थित एक प्लास्टिक उद्योगमा बेचेको प्रारम्भिक जानकारी प्राप्त भएको उद्वारकर्ता मध्येका एक सामाजिक सेवा केन्द्र सोसेकले जानकारी दिएको...










