सुनमा मिसावट गर्ने बर्दियाका ११ जना व्यवसायी पक्राउ

तु खबर संवाददाता
२०७५ असार १७, आईतवार ११:३२
File Photo

मकवानपुर १७ असार । बर्दियाका ११ जना व्यवसायीलाई सुनमा मिसावट गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको बर्दियाका सञ्चार माध्ययमहरुमा समाचार प्रकाशन भएका छन् ।

प्रहरी स्रोतका अनुसारजिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यवसायीको बारेमा भने सम्पुर्ण जानकारी आईसकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*