चरम हिनामिना भएको भन्दै स्थानीयद्वारा विष्णुपुर गाउँपालिकाको हरहिसाब माग

तु खबर संवाददाता
२०७५ असार १७, आईतवार १४:१३

लहान १७ असार । सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीयवासीले सूचनाको हक प्रयोग गरी गाउँपालिका कार्यालयसँग खरिद भएका सामान र विकास कार्यमा खर्चको विवरण माग गरेका छन् ।

सूचनाको हकअनुरुप स्थानीयवासीले सामूहिक रुपमा गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराउँदै गाउँपालिकाबाट खरिद भएका सामान र विकासनिर्माणको काममा भएको खर्चको विवरण माग गरेको स्थानीयवासी राजकुमार यादवले जानकारी दिए ।

स्थानीयवासीले गाउँपालिका कार्यालयमा सूचना माग गर्न जाँदा कार्यालयले सुरक्षाका लागि प्रहरी बोलाएपछि गत शुक्रबार स्थानीयवासी र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । स्थानीयवासी करीब २५ जनाले सामूहिक रुपमा निवेदन दिँदै गाउँपालिकाका प्रशासकीय अधिकृत रामप्रमोद यादवसँग गाउँपालिकाबाट निकासा भएको बजेट तथा खर्च, कर्मचारी भर्ना, सवारी साधन खरीद, जिन्सी खरीद, पोखरी ठेक्कासम्बन्धी काजजातको प्रतिलिपि आदि विवरण उपलब्ध गराउन माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*