डा.गोविन्द केसी यसरी पक्राउ परे
मकवानपुर १६ असार। पटक पटक अनसन बस्दै आएका डा.गोविन्द केसी आज आमरण अनसन बस्नका लागि जुम्ला पुगेका बेला पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले आज दिउँसो डा.केसीलाई पक्राउ गरेको विषयमा विभिन्न सञ्चार माध्ययमहरुमा समाचार प्रकाशन भएको छ ।
स्रोतका अनुसार हाल उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका माग राख्दै केसीले असार १५ देखि आमरण अनसन बस्ने बताएका थिए । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै जुम्ला पुगेका थिए ।
स्थानीय प्रशासनले शुक्रबार मात्र प्रतिष्ठान र असपासका २०० मिटर लाई निषेधित क्षेत्र घोषणा गरेको थियो तर केसीले प्रतिष्ठानमै जबरजस्ती अनसन बस्न खाजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
