दाङमा १५ प्रतिशतमात्र धान रोपाइँ सकियो
दाङ १५ असार । पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा धानको ब्याडसमेत छिपिँदै गएको छ । जिल्लामा ३८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छन् ।
पर्याप्त वर्षा नहुँदा अहिलेसम्म १५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले जानकारी दिए।
सिँचाइको व्यवस्था भएका केही स्थानमा किसानले धानको बीउ राख्ने र रोप्ने काम गरे पनि जिल्लाका अधिकांश स्थानका खेत बाँझै छन् । समयमै पानी नपरेका कारण यसवर्ष अघिल्ला वर्षहरुभन्दा ढिला धान रोपाइँ हुने भएको छ ।
