कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ७ हजार ९९६ उतिर्ण, को–को भए पास ? (हेर्नुहोस् पूर्ण विवरण)
काठमाडौं, १५ असार । कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक भएको छ । परिक्षाबाट ७ हजार ९९६ जना उत्तीर्ण भएका छन् । गत जेठ २५ र २६ गते लिइएको इपिएस परीक्षामा ८२ हजार २ सय ६४ सहभागी भएका थिए । यस वर्ष एपिएस पास गरेकाले स्किल टेष्ट दिन नपर्ने सूचनामा उल्लेख छ । रोजगार फर्म, पुलिस रिपोर्ट र स्वास्थ्य जाँचका लागि इपिएस कोरिया शाखाले केही दिनमा सूचना सार्वजनिक गर्ने छ ।
को को भए पास ? यस्तो छ नतिजा–
