समाचार

थारु महिलाको दोस्रो अधिवेशन भोलि हेटौँडामा हुने

मकवानपुर, २५ जेठ । थारु महिला सभाको दोस्रो केन्द्रिय अधिवेशन शनिबार हेटौँडामा हुने भएको छ । थारु महिला सभा केन्द्रीय कमिटि तथा जिल्ला कमिटिले आज हेटौँडामा पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । अधिवेशनका बारेमा जानकारी दिँदै थारु महिला सभाकी केन्द्रीय अध्यक्ष हरिदेवी चौधरीले...

हेटौँडाबाट ३ हजार बेवारिसे कुखुराको चल्ला बरामद

मकवानपुर, २५ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा बेवारिसे अवस्थामा ३ हजार अवैध कुखुरा चल्लाहरु फेला परेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटेको प्रहरी टोलीले कुखुराको चल्लाहरु फेला पारेको हो । बरामद भएको चल्लालाई आवश्यक कारबाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया बारामा पठाइएको जिल्ला...

चोरी मुद्धामा जेल सजाय तोकिएका कैलाश गाउँपालिकाका ३ जना पक्राउ

मकवानपुर, २५ जेठ । चोरी मुद्धामा जेल सजाय तथा जरिवाना तोकी फरार रहेका मकवानपुरको कैलाश गाउँपालिकाका ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका १ अल्छेए बस्ने ५० वर्षीय कालु गुरुङ, ४८ वर्षीय कृष्ण घले र ५१ वर्षीय शरण गुरुङलाई शुक्रबार पक्राउ गरेको हो । उनीहरुलाई...

चट्याङ लागेर मकवानपुरगढीमा एक महिलाको मृत्यू, २ घाईते

मकवानपुर, २५ जेठ । शुक्रबार बिहान वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एक जनाको मृत्यू हुनुका साथै २ जना घाईते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ सानोगढीका अन्दाजी ६२ वर्षीया ठुलीमाया नेगीको मृत्यू भएको छ । त्यस्तै सोही ठाउँ बस्ने ३२ वर्षीया चिनीमाया लो र ४५...

नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क ७५ जिल्लामा

काठमाडौँ, २५ जेठ (रासस) । नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३७५ किमी जडान भइसकेको छ । आगामी...

बिपी राजमार्गमा फेरि ठूला गाडी नचल्ने

सिन्धुली, २५ जेठ (रासस) । बिपी राजमार्गमा ठूला गाडी गुडाउन बिहीबारदेखि पूर्णरुपमा रोक लगाइएको छ । बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि ठूला सवारी साधन...

काँग्रेस सदस्यद्वारा प्रदेशसभा बैठक अवरोध, २४ घण्टाका लागि स्थगित

सुर्खेत, २५ जेठ (रासस) । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको नवौँ बैठक बिहीबार अवरुद्ध हुनाका साथै २४ घण्टाका लागि स्थगन भएको छ । प्रदेशसभा प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यले पहिलो र दोस्रो अधिवेशन चलेयता पहिलो पटक सभा अवरुद्ध गरेका हुन् । सभामुख राजबहादुर शाहीले काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई...

साथीले चलाएको बन्दुकको छर्रा लागेर युवकको मृत्यू

भोजपुर, २५ जेठ (रासस) ।  आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको छर्राले घाँटीमा लागेर घटनास्थलमै मृत्यु भएको हो । राईसँगै सोही स्थानका ५३ वर्षीय हर्कबहादुर राई भरुवा बन्दूक लिई सोही...

नवोदयका विद्यार्थीको वातावरण मोह , यसरी जगाए वातावरणबारे सचेतना

हेटौँडा, २४ जेठ । ४६ औँ विश्व वातावरण दिवसको अवसरमा हेटौँडा ४ मा रहेको नवोदय शिशु सदनले वातावरण सप्ताह सञ्चालन गरेको छ । कक्षा १,२ र ३ का विद्यार्थीहरुले आइतबारका दिन आफ्नै विद्यालय वरिपरि सरसफाइ गर्नुका साथै फुलवारी तथा बोटविरुवामा पानीसमेत हालेका थिए । त्यस्तै मङ्गलबार कक्षा ४ का...

गीति संग्रह कादम्बरी कुञ्ज सार्वजनिक

काठमाडौँ, २४ जेठ । गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचना शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजनमा तयार भएको गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार डा.रामविक्रम सिजापतिको प्रमुख आतिथ्यतामा वरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, एनआरएन...